+

थाइल्यान्डसँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली महिला टिम घोषणा

२०८२ जेठ  ९ गते १४:५० २०८२ जेठ ९ गते १४:५०
थाइल्यान्डसँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली महिला टिम घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले थाइल्यान्डविरुद्धको मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय महिला फुटबल टोली घोषणा गरेको छ।
  • मुख्य प्रशिक्षक राजेन्द्र तामाङले अन्तिम टोली घोषणा गरे।
  • नेपाल र थाइल्यान्डबीचको पहिलो खेल मे ३० मा क्लोज डोरमा हुनेछ।

९ जेठ, काठमाडौं । थाइल्यान्डविरुद्धको मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोली नेपाली महिला फुटबल टिमको घोषणा भएको छ। मुख्य प्रशिक्षक राजेन्द्र तामाङले शुक्रबार अन्तिम टोली घोषणा गरेका हुन्।

यसअघि क्याम्पमा रहेका ३१ खेलाडीबाट ८ खेलाडी बाहिरिएका हुन् । बाहिरिनेमा लिला जोशी, प्रतिक्षा चौधरी, सबिना चौधरी, हेमा राउत, तुलासा बोहरा, ममता पुन, मिना देउवा र पूर्णिमा राई छन् ।

प्रशिक्षक तामाङले गत फागुनमा भएको अन्तर्राष्ट्रिय महिला प्रतियोगिता खेलेको टिममा रहेका खेलाडीलाई नै निरन्तरता दिएका छन् ।

तामाङले सुरुमा ४८ खेलाडीलाई प्रशिक्षणमा बोलाएका थिए । त्यसपछि १७ खेलाडी बाहिरिएका थिए ।

नेपाल र थाइल्याण्डबीचको पहिलो खेल मे ३० मा क्लोज डोरमा हुनेछ भने जुन २ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुनेछ ।

उज्वेकिस्तानमा हुने एएफसी वुमन्स एसियन कप छनोटको तयारी स्वरुप नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो ।

छनोटमा नेपाल र उज्वेकिस्तानसँगै श्रीलंका र लाओस समूह एफमा छ ।

एन्फाले महिला राष्ट्रिय टिमका लागि प्रो लाइसेन्स प्राप्त प्रशिक्षक नियुक्त गर्ने प्रक्रिया सुरु गरेपनि थाइल्याण्डविरुद्धको मैत्रीपूर्ण खेलका लागि राजेन्द्र तामाङले नै जिम्मा पाएका छन् ।

नेपालको टोली

गोलकिपर : अञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर र उषा नाथ

डिफेन्डर : अमृता जैशी, गीता राना, विमला बि.क., पूजा राना, निशा ठोकर, समीक्षा घिमिरे र मनमाया दमाई

मिडफिल्डर : अनिता बस्नेत, विमला चौधरी, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सबिता राना मगर, सरस्वती हमाल र सुष्मा तामाङ 

फरवार्ड : साबित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल

नेपाली महिला फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय