+

सोलुखुम्बु, मुस्ताङ र जुम्लामा हाई अल्टिच्यूड स्पोर्ट्स स्टेडियम बनाइने

२०८२ जेठ  १५ गते १७:१७ २०८२ जेठ १५ गते १७:१७
सोलुखुम्बु, मुस्ताङ र जुम्लामा हाई अल्टिच्यूड स्पोर्ट्स स्टेडियम बनाइने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमा सोलुखुम्बु, मुस्ताङ र जुम्लामा हाई अल्टिच्यूड स्पोर्ट्स स्टेडियम निर्माणको घोषणा गरे।
  • यसअघि पनि हाई अल्टिच्यूड ट्रेनिङ सेन्टर निर्माणको घोषणा भए पनि अहिलेसम्म निर्माण सम्पन्न भएको छैन।
  • जुम्लाको पातारासी गाउँपालिकाले लौठचौरमा कर्णाली हाई अल्टिच्यूड ट्रेनिङ सेन्टरको डीपीआर तयार गरेको छ।

१५ जेठ, काठमाडौं । सरकारले बजेटमार्फत् तीन जिल्लामा हाई अल्टिच्यूड स्पोर्ट्स स्टेडियम निर्माण गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट भाषणमा सोलुखुम्बु, मुस्ताङ र जुम्लामा हाई अल्टिच्यूड स्पोर्ट्स स्टेडियम बनाइने घोषणा गरेका हुन् ।

‘खेल विधाको विविधीकरण र खेल पर्यटनको प्रद्धर्धन गर्न सोलुखुम्बू, मुस्ताङ र जुम्लामा हाई अल्टिच्यूड स्पोर्ट्स स्टेडियम बनाइने छ’ उनले भने ।

यसअघि पनि हाई अल्टिच्यूड ट्रेनिङ सेन्टरहरु निर्माण गर्ने घोषणा गरिएपनि अहिलेसम्म बन्न सकेको छैन । तीन स्थान हाई अल्टिच्यूड सेन्टर स्थापना गर्नका लागि उपयुक्त स्थान हुन् ।

जुम्लाको पातारासी गाउँपालिकाले यसअघि नै लौठचौरमा ‘कर्णाली हाई अल्टिच्यूड ट्रेनिङ सेन्टर’ निर्माणका लागि डीपीआर तयार गर्दै सेन्टर बन्न १७ करोड लागत अनुमान गरिएको थियो ।

बजेट हाई अल्टिच्यूड स्पोर्ट्स स्टेडियम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय