News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल बास्केटबल संघले आयोजना गरेको हिमालयन जाभा बास्केटबल लिगमा प्रतिस्पर्धा र रोमाञ्चकता बढिरहेको छ।
- लिगमा ६ टोली सहभागी छन् र खेलहरू सिंगल भेन्युमा सञ्चालन गरिएको छ।
- अर्को वर्ष लिगलाई अझ भव्य र विस्तार गर्न योजना बनाइरहेको संघले जनाएको छ।
१८ जेठ, काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा)को आयोजनामा अहिले भइरहेको हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल)मा रोमाञ्चक प्रतिस्पर्धा भइरहेको छ । उपत्यकाभित्रका ६ टोली सहभागि लिगका हरेक खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक भइरहेको छ ।
कीर्तिपुर नयाँबजारस्थित कीर्तिपुर कभर्डहलमा भइरहेको लिगमा हाउण्ड्स एकेडेमी, गोल्डेनगेट, टाइम्स बास्केटबल क्लब, रोएल, कीर्तिपुर बास्केटबल क्लब र सामाखुशी युथ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
डबल राउण्ड रोविनका आधारमा खेलहरु भइरहेको छ । लिग चरणको खेल समाप्तीपछि शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल खेल हुनेछ ।
सुरुमा होम एण्ड अवेको आधार लिग खेलाउने भनिएपनि वर्षाको मौसम भएकोले बयोजकले सिंगल भेन्युमै खेलहरु सञ्चालन गरिरहेको छ ।
विकेण्ड कन्सेप्ट
विदेशमा विकेण्डमा मात्र खेलकुद गतिविधि हुने गर्छ । नेपालमा पनि त्यो शैली अपनाउने प्रयास एचजेबीएल गरेको थियो ।
‘नेपालमा विकेण्ड्स कन्सेप्टमा एक्सपेरिमेन्टल हिसावले एचजेबीएल सुरु गरेको हो । युरोप र अमेरिकाको जस्तै हामीले अनुसरण गर्न खोजेको हो’ नेपाल बास्केटबल संघका अध्यक्ष भिम सिंह गुरुङले अनलाइनखबरसँग भने ।
एचजेबीएल सुरुमा शनिबार र आइतबार दुई दिन मात्र गर्ने तयारी थियो । तर पानी पर्ने मौसम भएकोले एउटै भेन्युमा गर्नुपर्ने भएपछि सातामा दुई दिन थप गरेर चार दिन खेलाइएको छ ।
‘वर्षाको मौसम भएर अनि भौतिक संरचना पनि उपलब्ध नभएकोले हामीले हप्ताको ४ दिन खेलायौं । तर त्सो हादा पनि हामील जति अपेक्षा गरेका थियौँ त्यो भन्दा राम्रो भएको छ’ अध्यक्ष गुरुङले भने । ‘लिगको क्वालिटी राम्रो भएको हाम्रो बुजाई छ ।’
हरेक हप्ता शनिबार र आइतबार तथा मंगलबा र बुधबार गरी चार दिन खेल हुनेछ । चार मध्ये दुई दिन दुई-दई तथा दुई दिन एक-एक खेल हुँदै आएको छ । यसरी हेर्दा हरेक साता दुई चरणको खेल सकिने ।
वर्षाकै कारणले होम एण्ड अवेमा खेलाउने योजना भएपनि यस पटक सिंगल भेन्युमै खेलाउनु परेकोले दर्शकलाई भने केही असर परेको बास्केटबल संघका अध्यक्ष गुरुङले स्वीकार गरे ।
‘हामीले पहिले होम एण्ड अवेको अवधारणामा गर्ने सोचेका थियौँ । तर पानी पर्ने मौसम भएर भेन्युहरु पनि मिलाउन गाह्रो भयो । त्यसैले कीर्तिपुरको हलमा मात्र खेलाउनु पर्यो । दर्शकलाई केही असर परेको छ तर डिजिटल्ली लिगको प्मरोसन राम्रो भएको छ ।’ उनले भने ।
कडा प्रतिस्पर्धा
एजचेबीएलमा ६ टोलीको सहभागिता छ । त्यसमा यसअघि खेलिरहेका ५ टिम छन् भने सामाखुशी युथ क्लब नयाँ टोलीको रुपमा छन् ।
यसअघि भएको लिग खेलेका आर्मी र बुढानिलकण्ठ जस्ता क्लब यस पटक सहभागी छैनन् । आर्मीका खेलाडीहरु अन्य क्लबमा जाँदा आर्मीले सहभागिता जनाएन । आर्मी खेलाडी केही रोएलमा गएका छन् केही कीर्तिपुरमा छन् ।
तर सबै टिमले एक अर्कालाई कडा टक्कर दिइहरेको छन् । लिगमा हरेक खेल उत्तिकै प्रतिस्पर्धात्मक बनिरहेको छ । जसले गर्दा खेल रोमाञ्चक बनेको छ ।
शनिबार कीर्तिपुरले घरेलु दर्शकको साथमा टाइम्स विरुद्ध सानदार प्रदर्शन गर्दै जित नजिक पुगेको थियो । तर अन्तिममा एक अंकले पराजित भयो । कीर्तिपुरका निश्चल महर्जनले एकै खेलमा सर्वाधिक ४३ अंक स्कोर गरेका थिए ।
तेस्रो क्वाटरसम्म ७७-६२ ले पछि परेपनि चौथौ क्वाटरमा कीर्तिपुरले टाइम्स विरौध गज्जबको प्रदर्शन गरेको थियो । यसले पनि लिगमा कस्तो प्रतिस्पर्धा भइरहेको छ भनेर पुष्टि गर्छ ।
यसअघि आर्मीबाटै खेलेका निश्चल महर्जन अहिले कीर्तिपुरबाट खेलिरहेका छन् । कीर्तिपुर उनको होम टाउन समेत हो । आर्मीको टिम सहभागि नहुँदा कीर्तिपुरबाट खेलेका निश्चल होम क्लबलाई सहयोग गर्न पाउँदा खुशी छन् । निश्चलले पनि प्रतिस्पर्धा हुनु राम्रो रहेको बताए ।
टाइम्स राष्ट्रिय टिमका कप्तान सदिश प्रधानले प्रतिस्पर्धा बढिरहेको र बास्केटबलका लागि यो राम्रो भएको बताए । ‘लिग राम्रो भइरहेको छ । खेलहरु एकदमै प्रतिस्पर्धात्मक भइरहेको छ । आजको खेल (टाइम्स भर्सेस कीर्तिपुर) पनि एकदमै प्रतिस्पर्धात्मक थियो । हेर्नेहरुलाई समेत रमाइलो भयो होला’ उनले भने ।
युवा खेलाडीको लागि अवसर
यस पटक लिगमा सदिश प्रधान जस्ता सिनियर खेलाडीहरुसँग धेरै जुनियर र युवा खेलाडीहरुले पनि प्रतिस्पर्धा गरिरहेका छन् । जसले गर्दा युवा खेलाडीहरुले पनि आफ्नो क्षमता देखाउने अवसर पाएको नेबा अध्यक्ष भिमसिंह गुरुङले बताए ।
‘एचजेबीएलमा नयाँ खेलाडीहरुले एक्सपोजर र प्लेटफर्म पनि पाको छ । नयाँ खेलाडीहरु क्षमता देखाउने एकदमै ठूलो अवसर पनि बनेको छ’ गुरुङले भने, ‘प्लस टु लेभल, यू१८ मा खेलेका खेलाडीहरुले सिनियर खेलाडीहरुसँगै खेल्न पाछन् । यो एकदमै राम्रो विषय हो।’
अहिले कीर्तिपुर, गोल्डेनगेट, टाइम्स सबैले नयाँ खेलाडीहरुलाई अवसर दिइरहेको गुरुङले बताए । ‘यो लिगले सम्भावना भएका खेलाडीहरुलाई राम्रो एक्सपोजर दिएको छ । र नेपाली बास्केटबलका लागि पनि यो सुखद खबर हो । यहाँबाट आउने दिनमा राम्रो खेलाडीहरु छनोट गरेर राष्ट्रिय ६म पनि बलियो बनाउन सकिन्छ’ गुरुङले भने ।
यस्तै राष्ट्रिय टिमका कप्तान सदिशले पनि नयाँ खेलाडीहरुका लागि यस्तो लिग राम्रो अवसर हुने बताए । ‘यस्तो लिगले नयाँ आउने खेलाडीहरुलाई राम्रो अवसर दिन्छ । सिनियरसँग खेल्खा सिक्ने अवसर पाउँछन्,’ सदिशले भने, ‘सबै खेलहरुमा कडा प्रतिस्पर्धा भइरहेको छ । यस्तै प्रतिस्पर्धामा खेल्न पाइरह्यो भने खेलाडीहरुमा अझ सुधार हुने हो।’ युवा खेलाडीहरु पनि सिनियर खेर्लाडीसँगै खेल्न पाउँदा उत्साहित छन् ।
फाइनल पुग्ने होडमा हाउण्ड्स, गोल्डेनगेट र टाइम्स
हाउण्ड्स एकेडेमी, गोल्डेनेगट र टाइम्सले यस लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । तीन टोलीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । त्यसमा पनि हाउण्ड्स र गोल्डेनगेट अघि छन् । ८ खेल खेलेको हाउण्ड्स १५ अंक जोडेर शीर्ष स्थानमा छ ।
हाउण्ड्स अहिलेसम्म गोल्डेनगेटसँग मात्रै पराजित भएको छ । सुरुवात देखि नै उत्कृष्ट प्रदर्शन गरेको हाउण्ड्सले गोल्डेनगेट सँगकव खेल बाहेक अरुमा राम्रो खेलिरहेको छ ।
यस्तै ७ खेल खेलेको गोल्डेनेगेटको १३ अंकसहित दोस्रोमा छ । एक खेल बढी खेलेको टाइम्सको पनि १३ अंक नै छ ।
पहिलो खेलमा टाइम्ससँग पराजित भएपनि गोल्डेनेगटले त्यसयता उत्कृष्ट प्रदर्शन गर्दै लगातार ६ खेल जितेको छ । गोल्डेनगेटले पहिलो खेलमा टाइम्ससँग हार व्यहोरेपनि त्यसपछि अर्को खेलमा टाइम्सलाई हरायो ।
टाइम्स अहिलेसम्म तीन खेलमा पराजित भएको छ । त्यसमा गोल्डेनगेट बाहेक हाउण्ड्स र रोएल्ससँग पनि पराजित भएको थियो।
अहिले शीर्ष तीनमा रहेका हाउण्ड्स, गोल्डेनगेट र टाइम्स नै उपाधि होडमा अघि छन् । लिगको शीर्ष दुई टोलीले फाइनल खेल्ने भएकोले तीन टोली शीर्ष दुईमा पर्न मिहिनेत गरिरहेका छन् ।
अर्को वर्ष अझ भव्य हुने
यस पटक होम एण्ड अवेको आधारमा गर्ने योजना रहेपनि वर्ष मौसम हुँदा सफल हुन सकेन । अर्को पटक राम्रो योजनाका साथ लिग आयोजना गर्ने र अझ भव्य बनाउने नेबा अध्यक्ष भिम सिंह गुरुङले बताए ।
‘सिंगल भेन्यु हुँदा दर्शकलाई थोरै असर गरेको छ । कीर्तिपुरमा खेल हा दर्शकलाई पनि अली टाढा भयो तर डिजिटल्ली राम्रो भएको छ’ अध्यक्ष गुरुङले भने ।
विकेण्ड अवधारणामा पहिलो भएकोले अर्को पटक सुधार गर्दै जाने बताए । ‘विकेण्ड कन्सेप्ट नेपालमा पहिलो पटक हो । हाम्रो लागि यो एक्सपेरिमेन्ट पनि हो अर्को वर्ष हामी यसलाई अझ राम्रोसँग योजना बनाएर गर्नेछौं ।’
यसैगरी टिमसंख्या पनि बढाउने योजना रहेको र लिगको संरचनामा पनि केही परिवर्तन हुने गुरुङले जानकारी दिए । यस पटक उपत्यका भित्रका मात्र टिमहरु खेल्दा बाहिरबाट कुनै टिमको सहभागिता छैन । तर बाहिरका खेलाडीहरुले पनि यहाँको टिमबाट खेलिरहेको गुरुङले दाबी गरे ।
अर्कोपटक उपत्यका बाहिरबाट पनि टिम समावेश गर्ने उनले जानकारी दिए । ‘अर्को पटक हामी लिगमा टिम संख्या बढाएर ८ पुर्याउने योजनामा छौं । त्यसमा अहिलेको लिगबाट शीर्ष चार टिम स्वत: छनोट हुनेछ,’ गुरुङले भने, ‘अन्तिम दुई टिम रेलिगेसनमा पर्नेछ र उपत्यकाबाट हामी प्लेअफ खेलाएर दुई टिम छनोट गर्नेछौं । त्यसपछि उपत्यका बाहिरबाट दुई टिम ल्याएर खेलाउने छौं ।
अध्यक्ष गुरुङले अर्को वर्ष सबै हिसाबले लिग अझ पराकिलो र बृहत बनाउँदै जाने बताए ।
प्रतिक्रिया 4