News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली फुटबलको इतिहास समेटिएको पुस्तक \'स्वर्णकथा नेपाली फुटबलको\' आइतबार विमोचन भएको छ।
- शाक्यले १९८४ र १९९३ मा स्वर्ण जित्दाका अनुभवहरू समेटिएको पुस्तकमा समावेश गरेका छन्।
- यसले नेपाली फुटबलको इतिहासलाई नयाँ दृष्टिकोणले प्रस्तुत गरेको छ।
१८ जेठ, काठमाडौं । नेपाली फुटबलको इतिहास समेटिएको पुस्तक ‘स्वर्णकथा नेपाली फुटबलको’ सार्वजनिक भएको छ । खेल पत्रकार हिमेशरत्न वज्राचार्यद्वारा लेखिएको उक्त पुस्तक आइतबार नेपाली फुटबलका लेजेण्ड राजुकाजी शाक्यले एक कार्यक्रमबीच विमोचन गरेका हुन्
शाक्य नेपालले विस १९८४ र १९९३ मा दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जित्दाका सदस्य थिए । पुस्तकमा नेपाली फुटबलको सुरुवाती इतिहास सहित १९८४ र १९९३ सालमा स्वर्ण जित्दाको इतिहासका विषयहरू समावेश गरिएको छ । नेपाली फुटबलको इतिहासमा नेपालले जितेको त्यो दुई महत्वपूर्ण उपाधि पनि हो ।
नेपाली फुटबलको इतिहास करिब एक सय वर्ष लामो लामो भएपनि अहिलेसम्म फुटबलको इतिहास बारे कुनै पुस्तक लेखिएको थिएन । त्यसैले नेपाली फुटबलको इतिहासमा लेखिएको यो पहिलो पुस्तक समेत हो ।
नेपाली खेलकुदमा इतिहास विरलै लेखिने गरेकोमा अब फुटबलको इतिहास समेटिएको पुस्तक आएको हो । बुकहिलले प्रकाशन गरेको पुस्तकको मूल्य ५५५ रुपैँया रहेको छ ।
पुस्तकमा विशेषगरी सन् १९२० देखि यता ७५ वर्षको समयमा भएका नेपाली फुटबलको गतिविधि समेटिएको छ । यो फुटबल-साहितय लेखनका लागि गरिएको सानो प्रयास भएको लेखक हिमेशले उल्लेख गरेका छन् ।
बुकहिलका भुपेन्द्र खड्काले नेपाली खेलकुदमा अहिलेसम्म फुटबलको विषयमा कुनै पुस्तक नभएको र अब फुटबलको बारेमा पुस्तकको सुरुवात भएको बताए ।
कार्यक्रममा नेपाली खेलकुदकी ‘गोल्डेन गर्ल’को रपमा परिचित सन्तोषी श्रेष्ठले नेपाली खेलकुदमा पनि खेल साहित्य लेखिनुपर्ने आवश्यकता रहेको बताइन् ।
लेखक हिमेशरत्नको नाममै रत्न रहेको र रत्नले लेखेको स्वर्णकथा रत्न जस्तै राम्रो हुने उनको भनाइ थियो बताए । यस्तै उनले भविष्यमा आफ्नो बारेमा पनि खेलसाहित्य लेख्ने योजना रहेको समेत बताइन् ।
एन्फा महासचिव किरण राईले नेपाली फुटबलमा पहिलो दस्तावेज आएको पुस्तकले फुटबलको इतिहासबारे जान्न सहयोग पुग्ने बताए । अब अरुले पनि यस्तै पुस्तक लेख्नुपर्ने उल्लेख गर्दै उनले खेलकुदलाई दस्तावेजीकरण गर्नुपर्नेमा जोड दिए ।
लेखक हिमेशले आफ्नो लागि सपना पूरा भएको उल्लेख गर्दै ‘ड्रिम कम ट्रयु’ क्षण भएको बताउँदै साथ दिने सबैलाई धन्यवाद दिए ।
प्रतिक्रिया 4