
News Summary
Generated by OK AI. Editorially reviewed.- शिल्पी थिएटरको नाटक ‘लस्ट एण्ड फाउण्ड’ युरोप टूरमा जर्मनी, डेनमार्क र स्विडेनका सहरहरूमा ८ जुलाईदेखि १५ अगस्टसम्म मञ्चन हुने छ।
- नाटकले यशोधरा र सिद्धार्थको अन्तद्र्वन्द्व, पीडा र विभेद जस्ता विषयहरू प्रस्तुत गर्दछ, जसमा कलाकारहरू पवित्रा खड्का, सुमित भण्डारी, सुहाना आचार्य र गोविन्द ओली छन्।
- निर्देशक घिमिरे युवराजले नाटक अहिले शिल्पीमा मञ्चन भइरहेको र दर्शकको माग अनुसार मञ्चन अवधि लम्बिएको जानकारी दिए।
काठमाडौंमा । नाटक ‘लस्ट एण्ड फाउण्ड’लाई लिएर शिल्पी थिएटर युरोप टूरमा निस्किने भएको छ । ८ जुलाईदेखि १५ अगस्टसम्म हुने टूरअन्तर्गत जर्मनीका ५, डेनमार्कका २ र स्विडेनका २ सहरमा नाटक प्रस्तुति हुनेछ ।
३९ दिनसम्म चल्ने टूरमा ४ वर्कसप र ९ प्रस्तुति हुने जनाइएको छ । यो नाटक जर्मनीको फ्यांकफर्टमा आयोजना हुने प्रोटागोन इन्टरन्यासनल पर्फमिङ आर्ट्समा छनोट भएको छ । नाटक उक्त फेस्टिभलमा मञ्चन हुने निर्देशक घिमिरे युवराजले जनाए ।
यो नाटक अहिले शिल्पीमा मञ्चन भैरहेको छ । दर्शकको अत्यधिक माग भएपछि नाटकको मंचन अवधि लम्बिएको छ । दर्शकले २४ जेठसम्म नाटक हेर्न सक्ने शिल्पीले जनाएको छ ।
नाटकले यशोधरा र सिद्धार्थबिचको अन्तद्र्वन्द्व, अनागरिक हुनुको पीडा र एकल आमाका सन्तानप्रति राज्यले गर्ने विभेद लगायतका विषय प्रस्तुत गर्छ । नाटकमा पवित्रा खड्का, सुमित भण्डारी, सुहाना आचार्य र गोविन्द ओलीको अभिनय छ ।
नाटक एउटा क्याफेबाट सुरू हुन्छ, जहाँ २५ वर्षकी भूमि र ४८ वर्षका सागर छन् । एकल आमाले हुर्काएकी अनागरिक युवती भूमि नाटककी मुख्य पात्र हुन् जो टुरिस्ट गाइडको रुपमा काम गर्छिन् । सागर क्यानडाबाट फर्किएका हुन्, जो दाम्पत्य जीवनबाट खुसी छैनन् ।
यी दुई पात्रलाई वर्तमान परिवेशमा देखाइएपनि उनीहरूमार्फत निर्देशकले दर्शकलाई विगतको कालखण्डमा लैजान्छन् । जसले अहिले भैरहेका सामाजिक र वैयक्तिक गतिविधि विगतसँग कसरी जोडिएर आएको हुन्छ भनेर चित्रण गरिएको छ ।
यसलाई पुष्टि गर्न निर्देशकले २६ सय वर्षअगाडि बुद्धको पालाको जीवन भोगाइ अहिले कसरी सान्दर्भिक छ भनेर देखाउन खोजेका छन् । नाटकमा पितृसत्ता कति बलियो छ र यसको ऐतिहासिक निरन्तरता कति बलियो छ भन्ने दर्शाइएको छ । पछिल्ला वर्षमा नेपाली नाटक युरोपेली मुलुकमा पनि मञ्चन हुने क्रम बढ्दो छ ।
प्रतिक्रिया 4