News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कराते खेलाडी एरिका गुरुङले कारते वान प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जितिन्।
- उनले फ्रान्सेली खेलाडीलाई ६-२ ले हराएर पदक जितिन् र विश्वकै प्रतिष्ठित लिगमा पदक जित्ने पहिलो नेपाली खेलाडी बनिन्।
- सेमिफाइनलमा बराबरीपछि पराजित भए पनि उनले कांस्य पदकका लागि खेलिन्।
१८ जेठ, काठमाडौं । नेपाली स्टार कराते खेलाडी एरिका गुरुङले कराते वान प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जितेकी छन् ।
उनले महिला ६८ केजीमाथी तौल समूहमा आइतबार कांस्य पदकका लागि भएको खेलमा फ्रान्सेली खेलाडी क्लेमेन्स पिएलाई ६-२ ले हराएर कांस्य जितेको नेपाल कारते महासंघले जनाएको छ ।
सेमिफाइनलमा स्पेनी खेलाडीसँग बराबरी अंक जोडेपनि सेन्सुका आधारमा पराजित भएपछि एरिकाले कांस्य पदकका लागि खेलेकी हुन् ।
विश्वकै शीर्ष ३२ खेलाडी मात्र खेल्ने करातेको विश्वकै प्रतिष्ठित लिग माने कराते वान प्रिमियर लिगमा पदक जित्ने एरिका पहिलो नेपाली खेलाडी बनेकी छन् ।
एरिकाले कराते वान प्रिमियर लिगमा पहिलो पटक छनोट हुँदै ऐतिहासिक सफलता हात पारेकी हुन् । विश्व वरियतामा ५०औं स्थानमा रहेकी एरिकाले २०औं वरियतामा रहेकी क्लेमेन्सला२ सुरुवातदेखि नै दाबमा राख्दै जित हात पारिन् ।
वर्ल्ड कराते फेडेरेसनले विश्वकपमा शीर्ष ३२ वरियताका खेलाडीलाई यो लिगमा समावेश गर्ने गरेको छ ।
पछिल्लो समय एरिका नेपाली खेलकुदको स्टारको रुपमा छिन् । उनले १९औं एसियन गेम्स र एसियन कराते च्याम्पियनसिपमा ऐतिहासिक रजत जितिसकेकी छन् । केही समयअघि उज्वेकिस्तानमा भएको एसियन कराते च्याम्पियनसिपमा भने उनी पदक सम्म पुग्न सकिनन् । तर उज्वेकिस्तानबाटै मोरोक्कोको रावत पुगेकी एरिकाले कराते वान प्रिमियर लिगमा पहिलो सहभागितामै पदक जितेकी हुन् ।
प्रतिक्रिया 4