News Summary
Generated by OK AI. Editorially reviewed.- कर्णालीका कप्तान बिपिन प्रसाद शर्माले उत्कृष्ट बलिङ प्रदर्शन गरे।
- सुदूरपश्चिम प्रदेश १६ ओभरमा ५५ रनमा अलआउट भयो।
- कर्णालीले ५६ रनको लक्ष्य ५ विकेट गुमाएर पूरा गर्यो।
२० जेठ, काठमाडौं। कप्तान बिपिन प्रसाद शर्माले ४ ओभरमा २ रन मात्र दिएर ५ विकेट लिँदै शानदार प्रदर्शन गरेपछि कर्णाली प्रदेशले सुदुरपश्चिम प्रदेशमाथि जित निकालेको छ ।
बिपिनको ५ विकेट तथा विजय बोहराले ३ र नबिन न्यौपानेले २ विकेट लिएपछि सुदूरपश्चिम प्रदेश १६ ओभरमा ५५ रनमा अलआउट भएको थियो । बिक्रम बोहराले सर्वाधिक २१ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
५६ रनको लक्ष्य कर्णालीले १८.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । नेत्रबिक्रम खत्रीले १५ रन बनाए भने नमनसिंह थापा ९ रनमा नटआउट रहे ।
सुदूरका सचिन भट्टले ३ तथा सुवोध तिवारी र रवि दमाइले १-१ विकेट लिए ।
प्रतिक्रिया 4