News Summary
Generated by OK AI. Editorially reviewed.- टाइम्स बास्केटबल क्लबले हाउण्ड्सलाई ९२-६७ ले पराजित गरी हिमालयन जाभा बास्केटबल लिगको फाइनल प्रवेश गर्यो।
- खेलमा टाइम्सले हाउण्ड्ससँगको पछिल्लो हारको बदला लिँदै उपाधिका लागि गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ।
- मबिन्द्र भण्डारीलाई मोस्ट भ्यालुएबल प्लेअर घोषित गरिएको छ, मनिष केसीले २७ अंक स्कोर गरे।
२४ जेठ, काठमाडौं । हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) को फाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ ।
हाउण्ड्ससँग यसअघि पहिलो चरणमा व्यहोरेको हारको बदला समेत लिएको टाइम्सले हाउण्ड्ससमान नै १७ अंक जोडेको थियो । दुवैले १० मध्ये समान ७ खेल जित्दा ३ खेलमा हार व्यहोरेको थियो ।
यसअघि हाउण्ड्सले टाइम्सला२ ७५-७१ ले पराजित गरेको थियो भने आजको खेलमा टाइम्स २५ अंक अन्तरले विजयी भयो । दुई टिमको अंक बराबर भएको अवस्थामा हेड टु हेडमा धेरै अंक जोडेकोले टाइम्सले बाजी मारेको हो ।
हाउण्ड्स भने अधिकांश समयम लिगको शीर्ष स्थानमा रहेपनि अन्तिम दुई खेलमा लगातार हारपछि अभागी बन्दै फाइनल पुग्न सकेन । यसअघि हाउण्ड्स गोल्डेनगेटसँग पराजित भएको थियो ।
कीर्तिपुर कभर्डहलमा भएको खेलमा हाउण्ड्स टाइम्स विरुद्ध पहिलो क्वाटरमा २०-१९ को झिनो अग्रता लिएको थियो । तर दोस्रो क्वाटरमा पुनरागमन गर्दै ३१-२७ ले आफ्नो पक्षमा पारेपछि हाफटाइसम्म टाइम्सले ५०-४७ को अग्रता बनायो ।
तेस्रो क्वाटर टाइम्सले २१-१४ ले आफ्नो पक्षमा पारेपछि अन्तिम क्वाटरअघि नै ७१-६१ को अग्रता बनाएको थियो । चौथो तथा अन्तिम क्वाटर टाइम्सले एकपक्षीय रुपमा २१-६ ले आफ्नो पक्षमा पारेपछि पराकिलो जित हात पारेको हो ।
टाइम्सका मबिन्द्र भण्डारी मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । टाइम्सका लागि मनिष केसीले सर्वाधिक २७ अंक स्कोर गरे ।
हाउण्ड्सका सिमोन गुरुङले १७ अंक स्कोर गरे ।
प्रतिक्रिया 4