News Summary
Generated by OK AI. Editorially reviewed.- अस्ट्रेलियाले दक्षिण अफ्रिकासँगको आईसीसी विश्व टेस्ट च्याम्पियनसिप फाइनलको लागि प्लेइङ ११ सार्वजनिक गर्यो।
- फाइनल खेल लर्ड्स क्रिकेट ग्राउण्डमा हुने तय भएको छ।
- दक्षिण अफ्रिकाले पनि आफ्नो प्लेइङ ११ घोषणा गरेको छ।
२७ जेठ, काठमाडौं । बुधबारदेखि सुरु हुने आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलका लागि अस्ट्रेलियाको सुरुवाती ११ सार्वजनिक भएको छ ।
दक्षिण अफ्रिकासँग हुने फाइनल भिडन्तका लागि अस्ट्रेलियाले चारजना स्टार बलर समेट्दै प्लेइङ ११ घोषणा गरेको हो ।
अस्ट्रेलियाको प्लेइङ ११ मा उसमान खवाजा र मार्नस लबुशेन ओपनरका रूपमा छन् । त्यस्तै क्यामरन ग्रीन, स्टिभ स्मिथ, ट्राभिस हेड, बियु वेबस्टर, एलेक्स क्यारी, कप्तान प्याट कमिन्स, मिचेल स्टार्क, जोश हेजलवूड र नेथन लायन छन् ।
यसअघि दक्षिण अफ्रिकाले पनि प्लेइङ ११ सार्वजनिक गरेको छ जसमा टेम्बा बाभुमा (कप्तान), एडेन मार्करम, रायन रिकेल्टन, वियान मुल्डर, ट्रिस्टन स्टब्स, डेभिड बेडिङ्घम, काइल भेरिन, मार्को यानसेन, केशव महाराज, कागिसो रबाडा र लुंगी एंगिडी रहेका छन्।
फाइनल खेल इंग्ल्याण्डको ऐतिहासिक लर्ड्स क्रिकेट ग्राउण्डमा हुँदैछ।
प्रतिक्रिया 4