+

प्रथम जुनियर नेशनल च्याम्पियनसिप चेस सुरु

२०८२ जेठ  ३० गते ११:०१ २०८२ जेठ ३० गते ११:०१
प्रथम जुनियर नेशनल च्याम्पियनसिप चेस सुरु

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल बुद्धिचाल महासंघले बुढानीलकण्ठ युथ काउन्सिलको आयोजनामा प्रथम राष्ट्रिय जुनियर नेशनल चेस च्याम्पियनसिप सुरु गर्यो।
  • प्रतियोगितामा ११७ युवा खेलाडी सहभागी रहेका छन्, जसमा १२ जना राष्ट्रिय जुनियर खेलाडीहरू अग्रस्थानमा छन्।
  • प्रतियोगिताका उच्च रेटेड खेलाडीहरूमा सीएम पुरुषोत्तम सिलवाल, रिसोन थापा, अभीक शाह, आद्यन्त काफ्ले, सम्यक श्रेष्ठ, अविन पाण्डे, सुदिन तुई तुई र स्वर्णिम दुवाल रहेका छन्।

३० जेठ, काठमाडौं । नेपाल बुद्धिचाल महासंघको तत्वावधान तथा बुढानीलकण्ठ युथ काउन्सिलको आयोजनामा सञ्चालित प्रथम राष्ट्रिय जुनियर नेशनल चेस च्याम्पियनसिप सुरु भएको छ।

बुढानिलकण्ठ नगरपालिकाको प्रायोजनमा बिहीबार पहिलो दिन तिन चरणका खेलहरु सम्पन्न भएका छन् । पुरुष तर्फको स्पर्धा स्ट्यान्डर्ड क्लासिकल ६० मिनेट ३० सेकेन्ड इनक्रिजमेन्ट नौ चरणको खेल हुनेछ ।

युवा पुरुष २० वर्ष मुनिका ११७ जना खेलाडीहरु सहभागी रहेको प्रतिस्पर्धामा १२ जना राष्ट्रिय जुनियर खेलाडीहरुले सत प्रतिशत नतिजा आत्मसाथ गर्दै अग्रस्थानमा रहन सफल भएका छन्।

बुधबार मात्र श्रीलङ्कामा सम्पन्न एसियन जुनियर ब्लिज चेस खेलमा रजत पदक जित्न सफल सीएम पुरुषोत्तम सिलवालले पूर्ण तीन अंक जोडेर शीर्ष स्थानमा रहन सफल भएका छन्।

प्रतियोगिताका उच्च २०८७ रेटेड सिएम पुरुषोत्तम सँगै १९७३ रेटेड रिसोन थापा, १८७९ रेटेड एआईएम अभीक शाह, १७६५ रेटेड आद्यन्त काफ्ले, १७०७ रेटेड सम्यक श्रेष्ठ, १६९९ रेटेड अविन पाण्डे, १६६३ रेटेड सुदिन तुई तुई र १६६२ रेटेड स्वर्णिम दुवाल समान ३ अंक जोडेर अगाडि रहेका छन्।

यसैगरी महिलातर्फ सम्पन्न दुई चरणको खेलमा शीर्ष खेलाडी ईशा गिरीले दुई अंक जोडेर प्रतियोगितामा सुखद सुरुवात गरेकी छिन्।

ईशासँगै विविशा तामाङ, रिया श्रेष्ठ, एन्जल महर्जन र प्रेसियस अधिकारीले सम्मान दुई अंक जोडेर संयुक्त रूपमा अगाडि रहन सफल भएका छन्।

राष्ट्रिय जुनियर नेशनल चेस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय