
News Summary
Generated by OK AI. Editorially reviewed.- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले इन्टरनेसनल इलेक्ट्रोनिक्स कन्सर्नलाई २ लाख ६० हजार रुपैयाँ जरिबाना तिराएको छ।
- अनुगमनले उत्पादनमा रिलेबलिङ, गुणस्तर, परिमाण, मूल्य र नापतौल हेरफेर गरेको पाइएपछि कारबाही गरिएको हो।
- विभागले १७ वटा उद्योग तथा फर्मलाई अनुगमन गरी बजार पारदर्शी बनाउन र उपभोक्तालाई ठग्नबाट जोगाउन प्रयास गरिरहेको छ।
१ असार, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले इन्टरनेसनल इलेक्ट्रोनिक्स कन्सर्नलाई २ लाख ६० हजार रुपैयाँ जरिबाना तिराएको छ ।
विभागको अनुगमन टोलीले आइतबार नियमित अनुगमन अन्तर्गत काठमाडौं महानगरपालिका–२९ को उक्त इलेक्ट्रिक पसललाई उत्पादनमा रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) को कसुर र सोही ऐनको दफा ३९ को १ (ख) बमोजिम कारबाही गरिएको विभागले जनाएको छ ।
यस्तै विभागले काठमाडौं महानगरपालिका–२८ को म्याक्स इन्टरनेसनल, टीएस इन्टरनेसनल प्रालि, काठमाडौं महानगरपालिका–२२ को नियोटेरिक नेपाल प्रालि र टेक हाइभ प्रालिको वस्तु बिक्री रोक्का गरेको छ ।
कारोबार रोक्का गरिएका यी ४ इलेक्ट्रोनिक्स उद्योगलाई ३ दिनभित्र व्यवसायसँग सम्बन्धित कागजात लिई विभागमा उपस्थित हुन अनुगमन टोलीले निर्देशन दिएको छ ।
विभागले आज आइतबार १७ वटा उद्योग तथा फर्म अनुगमन गरेको थियो ।
पछिल्लो समय विभागले बजार पारदर्शी बनाउन र उपभोक्तालाई ठगिनबाट जोगाउन एमआरपी सहित लेबलले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै बजार अनुगमन तीव्र बनाएको छ ।
अनुगमनमा विभागले दैनिक रूपमा एमआरपी लेबल नलगाउने र आफ्ना उत्पादनमा रिलेबलिङ गर्ने, गुणस्तर, परिमाण, मूल्य र नापतौल हेरफेर गर्ने उद्योगी– व्यवसायीलाई २ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिबाना तिराउँदै आएको छ ।
प्रतिक्रिया 4