+

टी-२० फर्म्याटमा स्कटल्याण्डसँग १२ वर्षपछि खेल्दै नेपाल

२०८२ असार  ३ गते ८:०२ २०८२ असार ३ गते ८:०२
टी-२० फर्म्याटमा स्कटल्याण्डसँग १२ वर्षपछि खेल्दै नेपाल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले स्कटल्याण्डसँग टी-२० फर्म्याटमा १२ वर्षपछि खेल्दैछ र यो पहिलो टी-२०आई भेट हो।
  • नेपालले पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भए पनि आफ्नो १००औं खेल पूरा गरेको छ।
  • स्कटल्याण्डले पहिलो खेलमा नेदरल्याण्ड्सलाई ३९ रनले जितेको थियो।

३ असार, काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै छ । खेल ग्लासग्लोमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ ।

नेपालले स्कटल्याण्डसँग टी-२० फर्म्याटमा १२ वर्षपछि खेल्न लागेको हो भने टी-२०आईमा यो पहिलो भेट हुनेछ । सन् २०१३ को टी-२० विश्वकप छनोटमा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको थियो ।

स्कटल्याण्डको त्यसबेलाको टोलीबाट माइकल लिस्क र सफिया शरिफ अहिले पनि टोलीमा छन् । त्यसबेला रिची बेरिङटन लिग २ शृंखलामा एकदिवसीय खेलेपनि अहिलेको शृंखलाको टी-२० टोलीमा भने छैनन् ।

नेपालले टी-२०आई मान्यता पाएपछि भने स्कटल्याण्डसँग खेलेको छैन । त्यसकारण टी-२०आई मान्यताको यो पहिलो भेट हुनेछ ।

यसअघि शृंखलाको आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग नेपाल रोमाञ्चक ढंगले तेस्रो सुपर ओभरमा पराजित भएको थियो ।

नेदरल्याण्ड्ससँग खेलेपछि नेपालले आफ्नो १००औं खेल पनि पूरा गरेको छ । उक्त खेलमा किरण ठगुन्ना र रुपेश सिंहले ५०औं र ५१औं खेलाडीका रूपमा टी-२०आई डेब्यू गरेका छन् ।

स्कटल्याण्डले भने पहिलो खेलमा नेदरल्याण्ड्सलाई ३९ रनले हराएको थियो ।

त्रिदेशीय टी-२०आई शृंखला नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय