+

क्यानडा आईसीसी टी-२० विश्वकप २०२६ का लागि छनोट

२०८२ असार  ८ गते ११:१३ २०८२ असार ८ गते ११:१३
क्यानडा आईसीसी टी-२० विश्वकप २०२६ का लागि छनोट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्यानडाले आईसीसी टी-२० विश्वकप २०२६ का लागि छनोट पक्का गरेको छ।
  • उनीहरूले अमेरिका क्षेत्रीय छनोटमा सबै खेल जितेर विश्वकपको टिकट प्राप्त गरे।
  • क्यानडाले बर्मुडा, केम्यान आइल्यान्ड र बाहामासविरुद्ध जित हासिल गरी शीर्ष स्थानमा पुगे।

८ असार, काठमाडौं । क्यानडा आगामी वर्ष भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकप २०२६ का लागि छनोट भएको छ । अमेरिका रिजनल फाइनलको शीर्षस्थानमा रहने पक्का भएको क्यानडा आगामी विश्वकपका लागि छनोट भएको हो ।

चार टोली सम्मिलित अमेरिका क्षेत्रीय छनोटको आयोजना गरिरहेको क्यानडाले अहिलेसम्म खेलेका पाँचै खेल जितेको छ। बहामासविरुद्धको जितपछि उनीहरूले विश्वकपको टिकट हात पारेका हुन्।

बहामासविरुद्धको खेलमा कलेम साना र शिवम शर्माले समान तीन विकेट लिएपछि बहामास मात्र ५७ रनमा समेटिएको थियो। जवाफी इनिङमा दिलप्रीत बज्वाले १४ बलमा अविजित ३६ रनको आक्रामक इनिङ खेल्दै ५.३ ओभरमै लक्ष्य पूरा गरे।

निकोलस किर्टनको कप्तानीमा रहेको टोली गत वर्ष अमेरिका र क्यारिबियनमा भएको टी–२० विश्वकपमा पहिलोपटक सहभागी भएको थियो। यसपटकको छनोटमा क्यानडा बलियो टोलीको रूपमा प्रस्तुत भयो।

डबल राउण्ड रोबिन लिगअन्तर्गत पहिलो खेलमा बर्मुडा विरुद्ध ११० रनको फराकिलो जितपछि क्यानडाले केम्यान आइल्यान्ड र बाहामासविरुद्ध दुवै खेल जित्यो। अब अन्तिम खेलमा बर्मुडासँग पराजित भएपनि क्यानडा शीर्ष स्थानमै रहनेछ ।

भारत र श्रीलंकासँगै विश्वकपका लागि छनोट भइसकेका ११ राष्ट्रमा क्यानडा सामेल भएको छ। अन्य छनोट भएका टोलीहरूमा अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका, संयुक्त राज्य अमेरिका, वेस्ट इन्डिज, आयरल्याण्ड, न्यूजिल्याण्ड र पाकिस्तान छन्।

बाँकी सात स्थानका लागि युरोप, अफ्रिका र एसिया–ईएपी क्षेत्रीय छनोटबाट टोलीहरू छानिने छन्।

क्यानडा क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय