+
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट :

शुभमको ५ विकेटमा जापान ८० रनमा अलआउट

२०८२ असार  १० गते ९:५८ २०८२ असार १० गते ९:५८
शुभमको ५ विकेटमा जापान ८० रनमा अलआउट

१० असार, काठमाडौं । बाँयाहाते स्पिनर शुभम खनालले ५ विकेट लिएपछि एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले जापानलाई सामान्य योगफलमा अलआउट गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको जापान ३४.३ ओभरमा ८० रनमा अलआउट भयो । कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ रन बनाए ।

नेपालक लागि शुभम खनालले १० ओभरमा १५ रन मात्र दिएर ५ विकेट लिए । अभय यादवले २ तथा सुशील रावल र बिपिन प्रसाद शर्माले १-१ विकेट लिए ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले हराएको थियो ।

यू-१६ इस्ट जोन कपमा नेपालसहित १० टोलीको सहभागिता छ । नेपाल समूह ए मा सिंगापुर, इन्डोनेसिया, जापान र भुटानसँगै छ ।

एसीसी यू१६ इस्ट जोन कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय