+

रियल मड्रिडका अधिकारीहरूसँग भेट गर्छु : प्रधानमन्त्री

२०८२ असार  १४ गते १५:३८ २०८२ असार १४ गते १५:३८
रियल मड्रिडका अधिकारीहरूसँग भेट गर्छु : प्रधानमन्त्री

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणको क्रममा रियल मड्रिडका अधिकारीहरूसँग भेट्ने योजना बनाएका छन्।
  • उनीहरूले असार १९ गते सान्टियागो बर्नबाउ रंगशालाको अवलोकन गर्नेछन्।
  • भ्रमणको बारेमा प्रतिनिधिसभा बैठकमा जानकारी गराइयो।

१४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणको क्रममा स्पेनी महारथी क्लब रियल मड्रिडका अधिकारीहरुसँग पनि भेट्ने भएका छन् ।

आफ्नो स्पेन भ्रमणको बारेमा शनिबार प्रतिनिधिसभा बैठकमा जानकारी गराउने क्रममा उनले उक्त कुरा बताएका हुन् ।

‘भ्रमणको अन्तिम दिन असार १९ गते रियल मड्रिड फुटबल क्लबका अधिकारीहरूसँगको भेटघाट र सान्टियागो बर्नबाउ रंगशाला अवलोकन गर्ने योजना छ’ उनले भनेका हुन् ।

सान्टियागो बर्नबाउ रियल मड्रिडको घरेलु मैदान हो । क्लब भने हाल अमेरिकामा फिफा क्लब विश्वकप फुटबल खेलिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली रियल मड्रिड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय