+
एसीसी यू-१६ इस्ट जोन कप :

मलेसियाविरुद्ध नेपालले टस जित्यो

२०८२ असार  १९ गते ७:२० २०८२ असार १९ गते ७:२०
मलेसियाविरुद्ध नेपालले टस जित्यो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले एसीसी यू-१६ इस्ट जोन कपको सेमिफाइनलमा मलेसियालाई टस जितेर फिल्डिङको निर्णय गरेको छ।
  • सेमिफाइनल खेल बिहान पौने ८ बजेदेखि सेलांगर टर्फ क्लबमा सुरु हुनेछ।
  • नेपालले समूह चरणमा भुटानलाई २९८ रनले पराजित गरी समूहविजेता बनेको थियो।

१९ असार, काठमाडौं । नेपालले एसीसी यू-१६ इस्ट जोन कपको सेमिफाइनल खेल अन्तर्गत मलेसियाविरुद्ध टस जितेको छ ।

नेपालका कप्तान बिपिन प्रसाद शर्माले टस जितेर फिल्डिङको निर्णय गर्दै मलेसियालाई पहिले ब्याटिङको निम्तो दिएका छन् ।

सेमिफाइनल खेल विहान पौने ८ बजेदेखि सेलांगर टर्फ क्लबमा सुरु हुनेछ ।

प्रतियोगिताको समूह ए मा रहेको नेपाल समूहविजेता हुँदै सेमिफाइनल खेल्दै छ । मलेसिया भने समूह बी को उपविजेता हो ।

नेपालले मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई २९८ रनको फराकिलो अन्तरले हराउँदै समूहविजेता बनेको थियो ।

त्यसअघि नेपालले सिंगापुर, जापान र इन्डोनेसियालाई हराएको थियो ।

उता मलेसिया भने समूह बी मा हङकङसँग मात्र पराजित हुँदा माल्दिभ्स, थाइल्याण्ड र म्यानमारलाई हराएको थियो ।

आजै  हुने अर्को सेमिफाइनलमा हङकङले सिंगापुरसँग खेल्नेछ । फाइनल शनिबार हुनेछ ।

नेपाल यस प्रतियोगिताको साविक विजेता पनि हो ।

एसीसी यू-१६ इस्ट जोन कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय