+
+
Shares

कञ्चनपुरको कृष्णपुरमा १५ दिनभित्र छाउगोठ भत्काउन निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २९ गते १२:१६

२९ असारकाठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले १५ दिनभित्र छाउगोठ भत्काउन निर्देशन दिएको छ ।

छाउगोठमा सतेका बेला सर्पले डसेर एक महिलाको मृत्यु भएपछि नगरपालिकाले म्याद दिएर छाउगोठ भत्काउन निर्देशन दिएको हो ।

शुक्रबार साँझ सर्पले टोकेर गम्भीर भएकी २८ वर्षीया कमला आउजीको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । कमलालाई सर्पले बाँया गालामा डसेको थियो । शनिबार साँझ ८ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज नगरपालिकाले छाउ गोठ भत्काउने तथा छाउपडी कुप्रथाविरुद्ध अभियान चलाउने गरिरहे पनि महिनावारी भएका बेला छाउगोठमा सुत्ने परम्पराको अन्त्य नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?