+

सिनरले जिते पहिलो विम्बल्डन उपाधि

२०८२ असार  ३० गते ६:४७ २०८२ असार ३० गते ६:४७
सिनरले जिते पहिलो विम्बल्डन उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्व नम्बर एक खेलाडी यानिक सिनरले आफ्नो पहिलो विम्बल्डन उपाधि जितेका छन्।
  • सिनरले कार्लोस आल्काराजलाई ३-१ को सेटमा हराउँदै चौथो ग्रान्डस्लाम र पहिलो ग्रास कोर्ट उपाधि हात पारे।
  • सिनरले तीन महिनाको डोपिङ प्रतिबन्धपछि फर्केर विम्बल्डन उपाधि जित्दै पुनरागमनलाई प्रेरणादायी बनाएका छन्।

३० असार, काठमाडौं । विश्व नम्बर एक खेलाडी यानिक सिनरले स्पेनका कार्लोस आल्काराजलाई पराजित गर्दै आफ्नो पहिलो विम्बल्डन उपाधि जितेका छन्।

इटालीका २३ वर्षीय सिनरले अल इङ्ल्याण्ड क्लबको सेन्टर कोर्टमा भएको फाइनलमा आल्काराजलाई ४–६, ६–४, ६–४, ६–४ ले हराए। सुरुवाती सेट गुमाएपनि सिनरले त्यसपछि लगातार ३ सेट जिते ।

यसअघि फ्रेन्च ओपनमा सिनर आल्काराजसँग पाँच सेटको रोमाञ्चक खेलमा हार्न पुगेका थिए। त्यतिबेला सिनर दुई सेटले अगाडि थिए र तीनवटा च्याम्पियनसिप पोइन्ट गुमाएका थिए। तर यसपटक उनले आत्मविश्वासपूर्वक खेल्दै गत वर्षका दुई पटकका च्याम्पियन आल्काराजको विजयी यात्रा तोडे।

सिनरले चौथो सेटमा ३–१ को अग्रता बनाउँदै अन्ततः खेल आफ्नो पक्षमा पारे। यो उपाधिसँगै सिनरले आफ्नो चौथो ग्रान्डस्लाम जितेका हुन्, ग्रास कोर्टमा भने यो उनको पहिलो उपाधि हो । यसअघि उनले हार्ड कोर्टमा मात्र उपाधि जितेका थिए।

उनी यस वर्षको सुरुमा तीन महिनाको डोपिङ प्रतिबन्धपछि फर्केका थिए। यस जितसँगै उनले पुनरागमनलाई प्रेरणादायी बनाएका छन्।

यो पराजयले २२ वर्षीय आल्काराज ओपन एरामा लगातार तीन विम्बल्डन उपाधि जित्ने पाँचौं खेलाडी बन्नबाट भने चुकेका छन् ।

यानिक सिनर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय