
News Summary
Generated by OK AI. Editorially reviewed.- वाणिज्य विभागले २ वटा उद्योग तथा फर्मलाई उपभोक्ता संरक्षण ऐन विपरीत व्यापार गर्ने कारण २ लाख ५५ हजार रुपैयाँ जरिबाना तिराएको छ।
- काठमाडौं महानगरपालिका–३२ मा रहेको स्वागत ट्रेडिङ प्रालिलाई एमआरपी नराखी वस्तु बिक्री गरेको कारण २ लाख ५ हजार रुपैयाँ जरिबाना गरिएको छ।
- काठमाडौं–२ मा सञ्चालित सागर डिस्ट्रिब्युसन प्रालिलाई दर्ता र मूल्यसूची नराखेको कारण ५० हजार रुपैयाँ जरिबाना तिराइएको छ।
३१ असार, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ वटा उद्योग तथा फर्मलाई साढे २ लाख रुपैयाँभन्दा बढी जरिबाना तिराएको छ ।
विभागको अनुगमन टोलीले सोमबार नियमित बजार अनुगमन क्रममा उपभोक्ता संरक्षण ऐन विपरीत व्यापार–व्यवसाय गर्ने २ उद्योग तथा फर्मलाई २ लाख ५५ हजार रुपैयाँ जरिवाना तिराएको हो ।
काठमाडौं महानगरपालिका–३२ मा रहेको स्वागत ट्रेडिङ प्रालिले एमआरपी नराखी वस्तु बिक्री गरेको पाइएपछि २ लाख ५ हजार रुपैयाँ जरिबाना गरिएको जनाएको छ । साथै, उक्त फर्मलाई ३ दिनभित्र व्यवसायसँग सम्बन्धित कागजात लिएर विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
यसैगरी विभागको अनुगमन टोलीले काठमाडौं–२३ मा सञ्चालित सागर डिस्ट्रिब्युसन प्रालिलाई दर्ता र मूल्यसूची नराखेको भन्दै ५० हजार रुपैयाँ जरिबाना तिराएको छ ।
विभागले ३ उद्योग तथा फर्मलाई ३ दिनभित्र व्यावसायिक कागजात लिएर विभागमा उपस्थित हुन र ४ वटालाई सामान्य निर्देशन मात्रै दिएको छ ।
प्रतिक्रिया 4