News Summary
Generated by OK AI. Editorially reviewed.- तेस्रो संस्करणको \'स्ट्याग ग्लोबल च्याम्पियन्स लिग\' भदौ पहिलो साता हुने भएको छ।
- स्ट्याग ग्लोबल प्रा.लि. भारतले मुख्य प्रायोजक र इक्विप्मेन्ट पार्टनरको रूपमा करिब १५ लाख रुपैयाँ बराबरका सामग्री प्रदान गर्नेछ।
- प्रतियोगिताको अनुमानित बजेट ३० लाख रुपैयाँ रहेको छ ।
२ साउन, काठमाडौं । अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा तेस्रो संस्करणको ‘स्ट्याग ग्लोबल च्याम्पियन्स लिग’ हुने भएको छ।
प्रतियोगिता भाद्र १ गतेदेखि ६ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ। यस प्रतियोगिताको आयोजना स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीले गर्नेछ।
स्ट्याग ग्लोबल प्रा.लि. भारतले यसपटक पनि मुख्य प्रायोजक र इक्विप्मेन्ट पार्टनरको रूपमा निरन्तरता दिने भएको छ। यस सम्बन्धमा स्ट्याग ग्लोबलका अध्यक्ष विवेक कोहली र स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीकी प्रबन्ध निर्देशक नबित श्रेष्ठबीच सम्झौता भएको हो।
सम्झौताअनुसार स्ट्याग ग्लोबलले करिब १५ लाख रुपैयाँ बराबरका टेबल टेनिस टेबल, रेफ्री कुर्सी, बल, स्कोरबोर्ड, तौलिया बाकस र अफिसियल किट प्रदान गर्नेछ।
छ दिनसम्म चल्ने मिक्स टिम लिगमा देशभरका विभिन्न क्लबले सहभागिता जनाउनेछन्। सहभागी टोलीहरूले एक पुरुष र एक महिला विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छन्।
प्रतियोगिताको अनुमानित बजेट ३० लाख रुपैयाँ रहेको छ। विजेता टोलीले ३ लाख रुपैयाँ नगद, रनिङ ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।
उपविजेताले १ लाख ५० हजार रुपैयाँसहित ट्रफी र मेडल पाउनेछन्। तेस्रो स्थानमा रहने दुई टोलीले समान ७५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछन्।
प्रतिक्रिया 4