+
+
Shares

कमेडी फिल्म ‘किस्ने कहाँ छ’ निर्माण हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ४ गते २०:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कमेडी जनरामा फिल्म ‘किस्ने कहाँ छ’ राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुने भएको छ।
  • फिल्मको पटकथा र संवाद विनयराज पौडेलले लेखेका हुन् र ग्रीन प्यारोट्स फिल्म्सले निर्माण गर्नेछ।
  • निर्देशक बस्नेतले छायांकन छिट्टै सुरु हुने र कलाकार छनोटको प्रक्रिया जारी रहेको खुलाएका छन्।

काठमाडौँ । कमेडी जनरामा फिल्म ‘किस्ने कहाँ छ’ निर्माण हुने भएको छ । राजेन्द्र बस्नेतले निर्देशन गर्ने फिल्मले थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेको हो ।

पटकथा र संवाद विनयराज पौडेलको छ । ग्रीन प्यारोट्स फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा हेमन्त बस्नेतको लगानी हुनेछ । कार्यकारी निर्मातामा इश्वरवल्लभ उप्रेती छन् ।

निर्देशक बस्नेतका अनुसार छायांकन छिट्टै सुरु हुनेछ । कलाकारको टुंगो भने अझै लागिसकेको छैन, कलाकार छनोटको कार्य भइरहेको निर्माण टिमले जनाए ।

फिल्मले नेपाली समाजको गहिरो चित्रण गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?