+
+
Shares

निवर्तमान मन्त्री गुप्तासँग आज सोधपुछ गर्दै अख्तियार

अनुसन्धान अधिकृतको टोलीले घुस अडियो वारे गुप्तासँग सोधपुछ गर्नुका उनको अनुसन्धानका थप केही प्रक्रिया अघि बढाउने योजना बनाएको हो । सोमबार उनीसँग बयान लिने भनिएपछि अख्तियारले त्यसलाई मंगलबार सारेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ६ गते १३:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस प्रकरणमा मुछिएका निवर्तमान मन्त्री राजकुमार गुप्तासँग मंगलबार पनि सोधपुछ थालेको छ।
  • अख्तियारले मन्त्री गुप्ताको अडियो नमुना परीक्षण गर्ने योजना बनाएको छ र सामाजिक सञ्जालमा सार्वजनिक अडियोसँग तुलना गर्नेछ।
  • गतसाता कास्कीका प्रमुख मालपोत अधिकृत सरुवाको सरुवाबारे मन्त्री गुप्ताको संवाद बाहिरिएपछि उनले राजिनामा दिएका थिए।

६ साउन, काठमाडौं । घुस प्रकरणमा मुछिएर राजीनामा दिएका निवर्तमानमन्त्री राजकुमार गुप्तासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार पनि सोधपुछ थालेको छ ।

अनुसन्धान अधिकृतको टोलीले घुस अडियो वारे गुप्तासँग सोधपुछ गर्नुका उनको अनुसन्धानका थप केही प्रक्रिया अघि बढाउने योजना बनाएको हो । सोमबार उनीसँग बयान लिने भनिएपछि अख्तियारले त्यसलाई मंगलबार सारेको हो ।

अख्तियारले उनको अडियोको नमुना परीक्षण गर्ने योजना बनाएको छ । स्रोतका अनुसार, मंगलबार मात्रै उनको अडियो रेकर्ड गरी सामाजिक सञ्जालमा सार्वजनिक भएको अडियोसँग त्यसको परीक्षण हुनेछ ।

गतसाता कास्कीका प्रमुख मालपोत अधिकृतको सरुवावारे विचौलिया भनिएका एक व्यक्ति र मन्त्री गुप्ता विचको संवाद बाहिरिएको थियो । चौतर्फी दवाव परेपछि उनले राजिनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?