+
+
Shares

अख्तियार प्रमुखले व्यक्ति छानेर कारबाही गरेको आरोपमा माओवादीले माग्यो जवाफ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ८ गते १५:४८

८ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले व्यक्ति छानेर कारबाही गरेको भन्ने आरोपबारे सरकारको जवाफ मागेको छ ।

बिहीबार प्रतिनिधि सभामा पार्टीका तर्फबाट विशेष समयमा बोल्दै माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगरले यस्तो माग गरेका हुन् ।

‘….अख्तियार प्रमुखले व्यक्ति छनोट गरेर कारबाही गरेको गलत भएको भन्ने अदालतको निर्णयसम्बन्धी समाचारप्रति सरकारको धारणा सार्वजनिक गर्न सभामुखमार्फत म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनेका छन् ।

वाइडबडी विमान खरिद प्रकरणमा अख्तियारकै प्रमुख आयुक्त प्रेमकुमार राईमाथि अनुसन्धान नभएको भनेर विशेष अदालतले प्रश्न उठाएको छ । यसै सन्दर्भमा माओवादीले सरकारको जवाफ मागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?