+
+
Shares

यी हुन् सिन्धुलीबाट बेपत्ता भएका एकै परिवारका १६ जना (नामावली)

गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा रहेको घरबाट ४ दिनदेखि बेपत्ता परिवारका सबै सदस्यको नामावली अनलाइनखबरलाई प्राप्त गरेको हो ।

कपिल कोइराला कपिल कोइराला
२०८२ साउन १२ गते १८:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरीबाट १६ जनाको परिवार चार दिनदेखि बेपत्ता छ।
  • बेपत्ता परिवारमा ५२ वर्षीया उर्मिला हायू र उनका २७ वर्षीया छोरी कमला हायू सहित १६ सदस्य छन्।
  • परिवारमा १ वर्षे नाती अर्जुन हायू र ४ वर्षीया नातिनी रियासा हायू पनि छन्।

१२ साउन, काभ्रेपलाञ्चोक । सिन्धुलीको गोलन्जोर गाउँपालिकाबाट बेपत्ता भएका एकै परिवारका १६ जनाको नामावली अनलाइनखबरले प्राप्त गरेको छ ।

गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा रहेको घरबाट ४ दिनदेखि बेपत्ता परिवारका सबै सदस्यको नामावली अनलाइनखबरलाई प्राप्त गरेको हो ।

बेपत्ता हुनुअघि हायू परिवारले घरमै सुँगुर काटेर खाएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीकाअनुसार बेपत्ता हायु परिवारले गत बिहीबार (८ साउन) मा घरमै सुँगुर काटेर खाएको पाइएको हो ।

‘गाउँलेको भनाइअनुसार बिहीबार सुँगुर काटेर खाएको बुझिएको छ । त्यसपछि उनीहरू बेपत्ता भएको भन्ने छ,’ एसपी सुवेदीले अनलाइनखबरसँग भने ।

गोलन्जोर गाउँपालिका अध्यक्ष शंकरराज बरालका अनुसार अहिले बेपत्ता भएको हायू परिवारको घर एकलासमा भएकाले ढिलो गरेर थाहा पाइएको बताए ।

घर नजिकैको एक छाप्रोमा आगो लगेर निभाइएको जस्तो पनि देखिएको छ । काठहरू डढेका छन् । केही लुगाहरू झुन्डिएको देखिन्छ । पकाउने भाँडाहरू पनि घर बाहिरै देखिन्छ । तर जस्ताले छाएको हायूको घरमा भने कोही छैनन् ।

बेपत्ता हायू परिवारको सूची :

१. उर्मिला हायू (आमा-५२ वर्ष)

२. कमला हायू (छोरी-२७ वर्ष)

३. कोमल माया हायू (बुहारी-२३ वर्ष)

४. उषा हायू (छोरी-२२ वर्ष)

५. सुजता हायू (छोरी-२२ वर्ष)

६. अस्मिता हायू (छोरी-१८ वर्ष)

७. शान्ता हायू (छोरी-१२ वर्ष)

८. राजु हायू (छोरा-२९  वर्ष)

९. हिमाल हायू (छोरा-२४ वर्ष)

१०. लालबहादुर हायू (छोरा-१६ वर्ष)

११. बेगबहादुर हायू ( छोरा-१४ वर्ष)

१२. लक्की हायू (छोरा-११ वर्ष)

१३. सुवर्ण हायू (छोरा-१२ वर्ष)

१४. ओमकुमारी हायू (छोरी-१० वर्ष)

१५. अर्जुन हायू (नाती-१ वर्ष)

१६. रियासा हायू (नातिनी-४ वर्ष )

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?