News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल एडभेन्चर रनिङ फेडरेसनका अध्यक्ष एकेन्द्रबहादुर कुँवरले २०२६ मा विश्व स्काइ रनिङ च्याम्पियनसिप नेपालमा आयोजना गर्न प्रस्ताव गरेका छन्।
- कुँवरले अगष्ट २ मा इटालीमा भएको आईएसएफको वार्षिक सभामा नेपाललाई आयोजना जिम्मेवारी दिन प्रस्ताव गरेका थिए।
- आईएसएफको अर्को बैठकले प्रस्तावको निर्णय गर्नेछ र कुँवरले नेपालले जिम्मेवारी पाउनेमा पूर्ण विश्वस्त रहेको बताए।
१९ साउन, काठमाडौं । नेपाल एडभेन्चर रनिङ फेडरेसनका अध्यक्ष एकेन्द्रबहादुर कुँवरले विश्व स्काइ रनिङ च्याम्पियनसिप नेपालमा आयोजना गर्न प्रस्ताव गरेका छन् ।
कुँवरले अगष्ट २ तारिखमा इटालीमा भएको अन्तर्राष्ट्रिय स्काइ रनिङ महासंघ (आईएसएफ) को वार्षिक साधारण सभामा २०२६ मा हुने विश्व स्काइ रनिङ आयोजना गर्ने नेपाललाई जिम्मेवारी प्रदान गर्न प्रस्ताव गरेका हुन् ।
राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका पूर्व सदस्य समेत रहेका कुँवरका अनुसार आईएसएफको अर्को बैठकले यस बारे निर्णय गर्नेछ ।
‘हामीले विश्व स्काइ रनिङ च्याम्पियनसिप आयोजनाको जिम्मेवारी नेपाललाई दिन प्रस्ताव गरेका छौं । उहाँहरु हाम्रो प्रस्तावमा सकरात्मक हुनु हुन्छ’ कुँवरले भने, ‘आईएसएफको अर्को बैठकले यस बारे निर्णय गर्छ । नेपालमा हामीले गरेको गतिविधि, हाम्रो सक्रिएता र अन्तर्राष्ट्रिय सहभागितालाई मध्यनजर गरी आईएसएफले हामीलाई जिम्मेवारी दिनेमा म पूर्ण विश्वस्त छु।’
प्रतिक्रिया 4