+

यु-२० महिला एसियन कप छनोट खेलेर फर्कियो नेपाली टोली

२०८२ साउन  २६ गते ९:२२ २०८२ साउन २६ गते ९:२२
यु-२० महिला एसियन कप छनोट खेलेर फर्कियो नेपाली टोली

२६ साउन, काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोट खेलेर नेपाली टोली भुटानबाट स्वदेश फर्किएको छ ।

घर फर्किनुअघि नेपालले आइतबार समूह ए को आफ्नो अन्तिम खेलमा उत्तर कोरियासँग ११-० को पराकिलो हार व्यहोरेको थियो ।

भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको खेलमा बलियो टिम उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा ६ गोल गरेको थियो ।

छनोटमा नेपालले ३ खेल खेलेर ४ अंकमात्रै जोड्न सक्यो । नेपालले पहिलो खेलमा भुटानसँग १-१ को बराबरी खेल्दा साउदी अरेबियासँग १-० ले विजयी भएको थियो ।

नेपाल रहेको समूहबाट सबै ३ खेल जितेको उत्तर कोरिया ९ अंकका साथ समूह विजेता बनेर अर्को वर्ष थाइल्याण्डमा हुने एसियन कपमा छनोट भयो ।

महिला फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय