+
+
Shares

अन्तिम साउने सोमबारमा पशुपतिको दृश्य (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ साउन २६ गते ९:४०

२६ साउन, काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार । सोमबारे व्रत लिएर शिवको पूजा गर्दै आएकाहरूले विधिपूर्वक व्रत समापन गर्दैछन् ।

अन्तिम सोमबार भएकोले आज देशैभरका शिवालयहरूमा व्रतालुहरुको घुइँचो लागेको छ । काठमाडौंको पशुपति मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड छ ।

साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् । यसो गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ ।

सोमबारको दिन भिडभाड हुने भएकोले दर्शनार्थीका लागि पशुपति क्षेत्रमा सुरक्षा, स्वयंसेवक परिचालन,  स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्था मिलाइएको छ ।

         

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?