News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल फुटबल संघले आगामी सेप्टेम्बर ३ देखि ९ तारिखसम्म ताजिकिस्तानमा हुने एएफसी यू–२३ एसियन कप छनोट खेल्ने २३ सदस्यीय अन्तिम नेपाली यू२३ टोली घोषणा गरेको छ।
- नेपालले समूह के मा आयोजक ताजिकिस्तान, सिरिया र फिलिपिन्ससँग खेल्नेछ र टोलीमा राष्ट्रिय टिमका मिडफिल्डर आयुष घलान र सुमित श्रेष्ठ समावेश छन्।
- टोलीमा गोलकिपर, डिफेण्डर, मिडपिल्डर र फरवार्ड गरी विभिन्न खेलाडीहरू रहेका छन् जसमा कृशल मोक्तान, विवेक गुरुङ, अभिषेक स्याङ्तान र रोहन खड्गी प्रमुख छन्।
३० साउन, काठमाडौं । आगामी सेप्टेम्बर ३ देखि ९ तारिखसम्म ताजिकिस्तानमा हुने एएफसी यू–२३ एसियन कप छनोट खेल्ने अन्तिम नेपाली यू२३ टोली घोषणा भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार छनोटका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।
राष्ट्रिय टिमका मिडफिल्डर आयुष घलान र सुमित श्रेष्ठलाई समावेश गर्दै अन्तिम टोली चयन गरिएको हो । आयुष घलान बंगलादेश प्रिमियर लिग फुटबल खेल्न बंगलादेश गएका छन् ।
छनोटमा समूह के मा रहेको नेपालले आयोजक ताजिकिस्तानसँगै सिरिया र फिलिपिन्ससँग खेल्नेछ ।
नेपाली टोली :
गोलकिपर : कृशल मोक्तान, अमित टमाटा, विशाल केसी
डिफेण्डर : विवेक गुरुङ, बिशाल नेपाली, लाहन सुब्बा, निग्मा लामा, राम थापा, शंकर थारु, सेमान्ता थापा
मिडपिल्डर : अभिषेक स्याङ्तान, आयुष घलान, एरोन थापा, निराज कार्की, दिपेश गुरुङ, कृतीश रत्न चुन्जु, पुजन थापा, संजीव लामा, सन्तोष खत्री, सुजन मगर, सुमित श्रेष्ठ
फरवार्ड : रोहन खड्गी, निराजन धामी
प्रतिक्रिया 4