+
+
Shares

भीमफेदी कारागारमा एक जना कैदीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३१ गते १२:५६

३१ साउन, हेटौंडा । मकवानपुरको भीमफेदी कारागारमा एक जना कैदीको मृत्यु भएको छ ।

आज शनिबार बिहान पौने ६ बजेको समयमा एक्कासी बिरामी भएका चितवनका ४३ वर्षीय विष्णुप्रसाद दुलालको उपचारको क्रममा मृत्यु भएको कारागार प्रमुख सुवास पौडेलले अनलाइनखबरलाई बताए ।

उनलाई ६ : ५५ मिनेटमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जेलर पौडेलले बताए ।

उनकाअनुसार दुलालको मृत्युको कारण खुलिसकेको छैन । अस्पतालमा शवको पोष्टमार्टम हुन लागेकाले त्यसपछि मात्रै कारण पत्ता लाग्ने उनको भनाइ छ ।

५०० जनाभन्दा बढी कैदीबन्दी राखिएको कारागारको `क´ ब्लकमा बस्दै आएका मृतक दुलाललाई बिहान ५:४० मा श्वासप्रश्वासमा समस्या आएको थियो । तत्काल उनलाई कारागारको स्वास्थ्यकर्मीको टोलीले प्राथमिक उपचार गरेपछि सामन्य सुधार देखिएको जेलर पौडेल बताउँछन् ।

सुधार भएपछि उनी नुहाउन भनेर ५ : ५० बजे बाथरूम गएका थिए । त्यसको एक मिनेटमै गम्भीर भएका थिए । बाथरूममै लडेरका दुलाललाई अचेत अवस्थामै हेटौंडा अस्पताल पठाइएको कारागारका प्रशासक पौडेलले बताए । `हामीले तत्कालै प्राथमिक उपचार गरेका हौं । बाथरूममा लडेपछि हेटौंडा अस्पताल लग्यौं । हिजो बेलुका पनि कैदीबन्दीको स्वास्थ्य अवस्थाको चेकजाँच र त्यहाँको समग्र अवस्थाबारे निरीक्षण गरेका थियौं । सबै ठिकठाक थियो,आज बिहानै यो घटना भएको हो´, उनले भने ।

मृतक दुलाल चितवन जिल्ला अदालतबाट १० माघ २०७८ मा जर्वजस्तीकरणी मुद्दामा दोषी ठहर भएर १० वर्ष कैद सजाय भोगी रहेका थिए । उनी भीमफेदी कारागारमा १३ साउन २०७९ मा आएको जेलर पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?