
News Summary
Generated by OK AI. Editorially reviewed.- सिंहदरबारमा सत्ता गठबन्धनको आकस्मिक बैठक नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बस्दैछ।
- कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानालाई हटाउन प्रतिनिधि सभामा हस्ताक्षर संकलन सुरु गरेका छन्।
- प्रतिनिधि सभामा सभामुख वा उपसभामुखलाई हटाउन दुई तिहाइ बहुमत अर्थात् १८३ सांसदको समर्थन आवश्यक छ।
३ भदौ, काठमाडौं । सिंहदरबारमा सत्ता गठबन्धनको आकस्मिक बैठक बोलाइएको छ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत सांसद अनिता देवी बैठकस्थल पुगेका छन् ।
बैठक सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बस्दैछ ।
कांग्रेस र एमालेले उपसभामुखबाट इन्दिरा रानालाई हटाउन हस्ताक्षर संकलन सुरु गरेका छन् । यही सन्दर्भमा सत्तागठबन्धनमा रहेका दलसँग कांग्रेस र एमालेले कुरा गर्न लागेका हुन् ।
प्रतिनिधिसभामा जनता समाजवादी पार्टीका ७ जना सांसद रहेका छन् । जनमत पार्टीका ६ जना रहेका छन् ।
नेपाली कांग्रेसको ८८ र नेकपा एमालेको ७९ जोड्दा १६७ पुग्छ । यदि सभामुख वा उपसभामुखलाई हटाउने हो भने तत्काल बहाल रहेको २७४ को दुई तिहाइ (१८२.६६) अर्थात, १८३ जना सांसद आवश्यक पर्छ ।
प्रतिनिधिसभा नियमावलीको नियम २१० मा सभामुख वा उपसभामुखले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव सम्बन्धी व्यवस्था छ ।
यो नियम अनुसार कुनै सदस्यलाई सभामुख वा उपसभामुखले आफ्नो पद अनुकूल आचरण गरेको छैन भन्ने लागेमा प्रतिनिधि सभाका तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाई सदस्यको समर्थन प्राप्त गरी पदबाट हटाउने माग गर्दै प्रस्ताव लैजान सकिन्छ । २७५ सदस्यीय सभामा एक चौथाई भनेको ६९ जना सांसद हो ।
तर, पदबाट हटाउनका लागि भने सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको दुई तिहाई बहुमतबाट पारित हुनुपर्छ ।
हाल प्रतिनिधिसभामा २७४ जना बहाल रहेका छन् । रुपन्देही ३ बाट निर्वाचित सांसद दिपक बोहराको निधन भएकाले उक्त स्थान रिक्त छ ।
सत्तापक्षमै रहेको जनता समाजवादी पार्टीका ७ जना सांसद रहेका छन् । जनमत पार्टीका ६, लोकतान्त्रिक समावादी पार्टीका ४ जना सांसद छन । नागरिक उन्मुक्ति पार्टीका ४ जना रहेका छन् ।
प्रतिनिधिसभामा नेकपा माओवाद केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १३, नेकपा एकीकृत समाजवादीका १० जना सांसद रहेका छन् ।
जनता समाजवादी पार्टी नेपालका ५, नेमकिपाको १, जनमोर्चाको एक, आजपाको १ र स्वतन्त्र २ जना रहेका छन् ।
प्रतिक्रिया 4