+
टप एन्ड टी-२० सिरिज :

टप एन्ड टी-२० सिरिज : नेपाल र मेलबर्न रेनेगेड्सबीच प्रतिस्पर्धा हुँदै

२०८२ भदौ  ४ गते ६:३० २०८२ भदौ ४ गते ६:३०
टप एन्ड टी-२० सिरिज : नेपाल र मेलबर्न रेनेगेड्सबीच प्रतिस्पर्धा हुँदै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको पाँचौं खेलमा मेलबर्न रेनेगेड्स एकेडेमीसँग खेल्दै छ।
  • नेपालले चार खेलमा एक जित र तीन हारसहित २ अंक जोडेर आठौं स्थानमा छ।
  • नेपालले शुक्रबार पाकिस्तान शाहीन्ससँग अर्को खेल खेल्नेछ।

४ भदौ, काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पाँचौं खेलमा नेपालले बुधबार मेलबर्न रेनेगेड्स एकेडेमीसँग खेल्दै छ ।

डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने रेनेगेड्सको कप्तानमा बिग ब्यास लिगमै टोलीको कप्तानी गर्ने विल सदरल्याण्ड छन् ।

नेपाल हालसम्म खेलेका चारमध्ये तीन खेलमा पराजित हुँदा एक जित निकालेको छ । नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेश ए सँग ३२ रनले तथा तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो ।

मंगलबार भएको चौथो खेलमा भने नेपाल होबार्टविरुद्ध ६६ रनले विजयी भएको थियो । नेपालले जितको लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।

मेलबर्नले भने ३ खेल खेल्दा २ जित निकालेको छ । ११ टोली सहभागी यस सिरिजमा सबै टोलीले ६-६ लिग खेल खेलेपछि शीर्ष ४ मा रहने टोलीले सेमिफाइल खेल्नेछन् ।

नेपाल हाल ४ खेलमा २ अंक जोडेर आठौं स्थानमा छ ।

नेपालले यसपछि शुक्रबार पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।

टप एण्ड टी–२० सिरिज नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय