+

सालाहले जिते पीएफए वर्ष खेलाडीको अवार्ड

२०८२ भदौ  ४ गते १०:५० २०८२ भदौ ४ गते १०:५०
सालाहले जिते पीएफए वर्ष खेलाडीको अवार्ड

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लिभरपुलका फरवार्ड मोहमद सालाहले प्रोफेसनल फुटबलर एसोसिएसन (पीएफए) वर्ष खेलाडीको अवार्ड तेस्रो पटक जितेका छन् ।
  • सालाहले गत सिजन प्रिमियर लिगमा २९ गोल गर्दै सर्वाधिक गोलकर्ताको अवार्ड जितेका थिए ।
  • एस्टन भिल्लाका मोर्गन रोजर्सले योङ प्लेअर अफ दि इयर अवार्ड जितेका छन् र सर ग्यारेथ साउथगेटलाई पीएफए मेरिट अवार्ड प्रदान गरिएको छ ।

४ भदौ, काठमाडौं । लिभरपुलका फरवार्ड मोहमद सालाहले प्रोफेसनल फुटबलर एसोसिएसन (पीएफए) वर्ष खेलाडीको अवार्ड जितेका छन् ।

इजिप्टका फरवार्ड सालाहले तेस्रो पटक यो अवार्ड जितेका हुन् । र उनी यस्तो उपलब्धी हात पार्ने पहिलो खेलाडी समेत बनेका छन् ।

पहिलो पटक सन् २०१८ मा पीएफए अवार्ड जितेका सालाहले सन् २०२२ मा दोस्रो पटक जितेका थिए ।

३३ वर्षीय सालाहले गत सिजन प्रिमियर लिगमा २९ गोल गर्दै सर्वाधिक गोलकर्ताको अवार्ड जितेका थिए । यस्तै उनले लिभरपुललाई लिगको उपाधि जिताउन १८ असिस्ट समेत गरेका थिए ।

पीएफए वर्ष खेलाडीको अवार्डका लागि सालाहसँगै लिभरपुलका सहकर्मी एलेक्सिस म्याक एलिस्टर, म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेज, न्युकासल युनाइटेडका अलेक्ज्यान्डर इसाक, चेल्सीका फरवार्ड कोल पाल्मर र आर्सनलका डेक्लान राइस मनोनयमा थिए ।

सालाहले सन् २०२४-२५ को सिजन प्रिमियर लिग प्लेअर अफ दि इअर अवार्ड र फुटबल राइटर्स एसोसिएसन (एफडब्लसए) फुटबलर अफ दि इअर अवार्ड जितेका थिए ।

यस्तै एस्टन भिल्लाका मोर्गन रोजर्सले योङ प्लेअर अफ दि इअर अवार्ड जिते । फुटबलमा गरेको योगदान र राष्ट्रिय टिममा प्राप्त उपलब्धीका लागि इंग्ल्याण्डका पूर्व प्रशिक्षक सर ग्यारेथ साउथगेटलाई पीएफए मेरिट अवार्ड प्रदान गरियो ।

मोहमद सालाह

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय