News Summary
Generated by OK AI. Editorially reviewed.- हिमालयन फुटबल क्लबले दोस्रो हिमालयन फुटसल गोल्डकप भदौ १२ र १३ गते आयोजना गर्ने जानकारी दिएको छ।
- प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले एक लाख पुरस्कार पाउनेछन् भने विधागत पुरस्कार पनि तोकिएको छ।
- टिम दर्ताको लागि १५ हजार तोकिएको छ र काठमाडौं बाहिरबाट आउने टिमलाई खाना र आवासको व्यवस्था आयोजकले गर्नेछ।
४ भदौ, काठमाडौं । हिमालयन फुटबल क्लबको आयोजना दोस्रो हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो साता हुने भएको छ। बुधबार पत्रकार सम्मेलनमार्फत आयोजकले यही भदौ १२ र १३ गते हुने जानकारी दिएको हो।
प्रतियोगिताको विजेताले तीन लाख पाउनेछ भने उपविजेताले एक लाख पाउनेछ। यस्तै, विधागततर्फ अनुशासित टिमले २० हजार पाउनेछ। सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले समान १० हजार पाउनेछ भने उत्कृष्ट म्यानेजर र उत्कृष्ट कोचले समान ५ हजार पाउनेछ।
टिम दर्ताको लागि १५ हजार तोकिएको छ। टिम दर्ताको लागि ५ गतेसम्म मिति तय गरिएको छ भने खेल तालिका भदौ १० गते सार्वजनिक हुनेछ।
प्रतियोगितामा काठमाडौं उपत्यका भन्दा बाहिरबाट आउने टिमलाई खाना र आवासको व्यवस्थापन आयोजकले नै गरेको क्लबका अध्यक्ष विनोद कार्कीले बताए।
प्रतिक्रिया 4