+
+
Shares

राजसंस्थालाई अपमान गरेको मुद्दाबाट थाई पूर्वप्रधानमन्त्री थाक्सिनले पाए सफाई

सिनावात्राले कोरियाली समाचारपत्रलाई दिएको अन्तर्वार्तामा सन् २०१४ मा आफ्नी बहिनी यिङलकको निर्वाचित सरकारमाथि भएको सैनिक ‘कू’मा ‘दरबारका केही व्यक्ति’ र थाई राजा सल्लाहकार परिषद् (प्रिभी काउन्सिल) को संलग्नता रहेको बताएका थिए।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ६ गते १४:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा राजसंस्थाविरुद्ध अपमान गरेको अभियोगमा बैंककको अदालतबाट सफाई पाएका छन्।
  • उनले सन् २०१४ को सैनिक कूमा 'दरबारका केही व्यक्ति' र थाई राजा सल्लाहकार परिषद् संलग्नता रहेको बताएका थिए।
  • न्यायाधीशहरूले कानुनको व्याख्या गर्दै आरोपितले कसैको नाम नलिएर टिप्पणी गरेको भन्दै उनलाई सफाई दिएका छन्।

६, भदौ बैंकक । थाइल्यान्डका विवादास्पद अर्बपति तथा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा राजसंस्थाविरुद्ध अपमान गरेको अभियोगमा बैंककको एक अदालतबाट सफाई पाएका छन् । यो मुद्दा एक दशकअघि उनले दक्षिण कोरियाली समाचारपत्रलाई दिएको अन्तर्वार्तासँग सम्बन्धित थियो ।

यदि उनी दोषी ठहरिएका भए, उनलाई १५ वर्षसम्मको जेल सजाय हुन सक्थ्यो । अन्तर्वार्तामा उनले सन् २०१४ मा आफ्नी बहिनी यिङलकको निर्वाचित सरकारमाथि भएको सैनिक ‘कू’मा ‘दरबारका केही व्यक्ति’ र थाई राजा सल्लाहकार परिषद् (प्रिभी काउन्सिल) को संलग्नता रहेको बताएका थिए ।

थाइल्यान्डको ‘लेसे माजेस्टे’ कानुनअनुसार राजसंस्थालाई अपमान गर्न प्रतिबन्ध छ । आलोचकहरू भने कानुन अक्सर सरकार विरोधी कार्यकर्ता र राजनैतिक प्रतिपक्षीमाथि दमन गर्न प्रयोग गरिन्छ ।

अहिले थाक्सिनकी छोरी तथा निलम्बित प्रधानमन्त्री पेतोङ्तान सिनावात्रा सम्बन्धी मुद्दा पनि संवैधानिक अदालतमा विचाराधीन छ ।

थाइल्यान्डको राजनीतिमा दशकौंदेखि प्रभाव जमाइरहेका सिनावात्रा परिवारमाथि दबाव सिर्जना गर्ने विभिन्न घटनाक्रमहरु छन् । शुक्रबारको यो फैसला परिवार र समर्थकहरूका लागि राहतको विषय बनेको छ ।

थाक्सिनका कानुनी प्रतिनिधि विन्यात चारमोन्त्रीले पत्रकारहरूसँग भनेका छन् -‘फैसलापछि थाक्सिनले मुस्कुराउँदै आफ्ना कानुनी टोलीलाई धन्यवाद दिका छन् ।

उनले अब देशको हितमा काम गर्न सक्ने बताएका छन् ।’ थाक्सिनमाथि सन् २०१६ मा सैन्य सरकारले आरोप लगाएको थियो । त्यतिबेला उनी निर्वासित थिए । उनी सन् २०२३ मा थाइल्यान्ड फर्किएपछि यो मुद्दा पुनः सक्रिय गरिएको थियो ।

अन्तर्वार्तामा उनले बोलेको कुरा कानुनी रूपमा लेसे माजेस्टे कानुनको दायरा पर्दैन । उक्त कानुनमा राजा, रानी, युवराज वा रिजेन्टमात्र समेट्ने भएकाले प्रिभी काउन्सिल त्यो दायराभित्र पर्दैन। तर पछिल्ला वर्षहरूमा थाइल्यान्डमा यो कानुन अत्यधिकरूपमा प्रयोग हुँदै आएको छ ।

जसले सामान्य आलोचना वा अप्रिय टिप्पणीलाई समेत आपराधिक बनाइन्छ । यहाँसम्म कि, पूर्वराजा भूमिबोलको कुकुरबारे टिप्पणी वा १६ औँ शताब्दीका राजा विरुद्ध बोल्दा पनि कैयौं मानिस कारबाहीमा परेका छन् ।

हालै मात्र, एक युवतीले कोभिड पीडितका लागि बजेटबारे आलोचनात्मक ब्यानर राजाको फोटो नजिक राख्दा उनलाई पाँच वर्षको जेल सजाय सुनाइएको थियो ।

तर न्यायाधीशहरूले यसपटक कानुनको पूर्ण व्याख्या गर्दै आरोपितले कसैको नाम नलिएर टिप्पणी गरेको भन्दै उनलाई सफाई दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?