+
अभ्यास टी-२० :

पहिलो अभ्यास खेलमा नेपाल साउथ अस्ट्रेलियासँग पराजित

२०८२ भदौ  १२ गते ९:४७ २०८२ भदौ १२ गते ९:४७
पहिलो अभ्यास खेलमा नेपाल साउथ अस्ट्रेलियासँग पराजित

१२ भदौ, काठमाडौं । अस्ट्रेलिया टुरमा रहेको नेपालले बिहीबार भएको पहिलो अभ्यास टी-२० खेलमा साउथ अस्ट्रेलिया (एसए)सँग पराजित भएको छ ।

नेपालले दिएको १४७ रनको लक्ष्य साउथ अस्ट्रेलियाले अन्तिम बलमा पूरा गरेको हो । टी ब्राउनले अन्तिम बलमा चौका प्रहार गरेपछि साउथ अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको हो ।

ओपनर निक विन्टरले ३६ रन बनाए भने अर्का ओपनर तथा कप्तान म्याकेन्जी हार्भेले २७ रन बनाए ।

नेपालका लागि सोमपाल कामीले ३ तथा नन्दन यादवले २ विकेट लिए । रोहित पौडेलले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा  ९ विकेट गुमाएर १४६ रन बनाएको थियो ।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ३२ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले २७ रन तथा ओपनर आसिफ शेखले २२ रन बनाए ।

साउथ अस्ट्रेलियाका क्याम्पबेल थोमसन र ह्‍यारी मानेन्तीले २-२ विकेट लिए भने जेस माकफेडन, डार्सी ब्राउन र टम मेन्जिसले १-१ विकेट लिए ।

टप एन्ड टी-२० सिरिज समाप्त भएपछि नेपालले मंगलबार भएको दुवै अभ्यास खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई हराएको छ ।

टप एन्ड टी-२० सिरिजमा नेपाल ११ टिममध्ये आठौं भएको थियो ।

नेपालको आगामी विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया टुर महत्वका साथ हेरिएको छ ।

नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय