
१२ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा. अरनिको पाँडेलाई म्याद थपका लागि अदालत लगिएको छ ।
बुधबार साँझ पक्राउ परेका पाँडेलाई अदालत लगिएको साइबर ब्यूरो भोटाहिटीका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले जानकारी दिए । सुरुमा सरकारी वकिल कार्यालयमा पेश हुनेछ । त्यसपछि उनलाई अदालत पुर्याइने छ ।
एक महिलाले उजुरी दिएपछि पक्राउ गरिएको साइबर ब्यूरोका एसपी दिपकराज अवस्थीले बताए ।
वातावरणविद् पाँडे २०७९ साल भदौमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । उनी रास्वपा सरकारमा रहेको बेलामा २०८० सालमा राष्ट्रिय योजना आयोगको सदस्य समेत बनेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4