+
+
Shares

एससीओ साइडलाइनमा चिनियाँ प्रथम महिलाको ‘साइटसिइङ टुर’

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १७ गते १२:०६
Photo Credit : CHINA DAILY

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चीनकी राष्ट्रपति सी जिनपिङकी पत्नी पेङ लियुआनले एससीओ शिखर सम्मेलनमा सहभागी प्रथम महिलाहरूसँग तियानजिनको हाइहे नदीमा घुमघाम आयोजना गरिन्।
  • पेङले पाहुनाहरूलाई हात मिलाएर स्वागत गरिन् र तियानजिनलाई ऐतिहासिक गहिराइ र आधुनिक जीवन्तताको मिश्रण भएको शहरको रूपमा चिनाइन्।
  • नेपालकी प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यसहित विभिन्न देशका राष्ट्रप्रमुखका पत्नीहरू उक्त कार्यक्रममा सहभागी थिए।

१७ भदौ, काठमाडौं । राष्ट्रपति सी जिनपिङ सन् २०२५ को शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा औपचारिक कार्यक्रमहरूमा व्यस्त भइरहँदा उनकी पत्नी पेङ लियुआनले राष्ट्रप्रमुखहरूसँग सम्मेलनमा सहभागी प्रथम महिला लगायतसँग व्यस्त देखिइन् ।

पेङले सम्मेलनमा सहभागी विदेशी नेताहरूका जीवनसाथी र सन्तानहरूलाई सोमबार दिउँसो तियानजिनको हाइहे नदीमा घुमघाम गर्न आमन्त्रण गरेकी हुन् ।

चाइनाडेलिका अनुसार, ७२ किलोमिटर लामो हाइहे नदीलाई तियानजिनको आमाको नदी भनेर चिनिन्छ । यो नदी शहरभित्र हुँदै पूर्वतर्फ बग्दै बोहोई सागरमा मिसिन्छ।

यसका किनारमा ऐतिहासिक स्मारकहरू र आधुनिक वास्तुकलाले चामत्कारिक रूपमा सजाइएका छन् । यसले तियानजिनको विविधता, समावेशिता, खुलापन र नवीनतालाई झल्काउँछन्।

पेङले पाहुनाहरूलाई एक–एक गरी हात मिलाएर न्यानो स्वागत गरिन् र त्यसपछि समूह फोटोमा सहभागी भइन्।

समुद्री किनारमा बालबालिकाहरूले ‘आई’एम वेटिङ फर यू इन तियानजिन’ भन्ने खुसीको गीत गाए र चिनियाँ तथा विदेशी राष्ट्रिय झण्डा हल्लाउँदै पाहुनाहरूलाई स्वागत गरे।

त्यसपछि पेङ पाहुनाहरूसँगै डुङ्गा चढेर नदीमा यात्रा गरिन्, जहाँ उनीहरूले शहरको इतिहास र विकासबारे जानकारी पाए।

पेङले पाहुनाहरूसँग तियानजिनलाई ऐतिहासिक गहिराइ र आधुनिक जीवन्तताको मिश्रण भएको शहरको रूपमा चिनाइन् । उनले हाइहे नदीले यस शहरको विकास, आदानप्रदान तथा विभिन्न संस्कृतिबीचको पारस्परिक शिक्षालाई नजिकबाट देखेको उल्लेख गरिन् । उनले भनिन्, ‘म तपाईं (अतिथि) हरूसँग एक अविस्मरणीय समय बिताउन चाहन्छु ।’

घुमघामका क्रममा उनीहरूले नदी किनारको दृश्य अवलोकन गरे । चियासँगै गफ गर्नुका साथै सान्सियान अर्थत् चिनियाँ तीनतारे परम्परागत वाद्यको संगीत पनि सुने।

उनीहरूले सामूहिक फोटो पनि खिचाएका छन् ।

सहभागी पाहुनाहरूले परम्परागत चिनियाँ संस्कृति र चीनको आधुनिकीकरण प्रक्रियामा हासिल भएका उल्लेखनीय उपलब्धिहरूको प्रशंसा गरेका चाइना डेलीले खबर लेखेको छ ।

सी पत्नीले आयोजना गरेको घुमघाममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यसँगै उज्बेकिस्तानका राष्ट्रपति शभ्कत मिर्जियोयेभकी पत्नी, मङ्गोलियाका राष्ट्रपति उखना खुरेलसुखकी पत्नी, अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभकी पत्नी पनि सहभागी थिए ।

त्यस्तै, टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगानकी पत्नी, आर्मेनियाका प्रधानमन्त्री निको पाशिनियनकी पत्नी, इजिप्टका प्रधानमन्त्री मोस्तफा मद्बौलीकी पत्नी, मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमकी पत्नी र इरानका राष्ट्रपति मासुद पेजेश्कियनकी छोरी पनि सहभागी थिए ।

(चाइनाडेलीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?