+
+
Shares

काभ्रेको खानीखोलामा गर्भवती महिलाको हेलि एम्बुलेन्सबाट उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २२ गते १६:५६

२२ भदौ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिकाबाट पहिलोपटक सुत्केरी हुन नसकेको गर्भवतीको महिलाको आइतबार हेलि एम्बुलेन्सबाट उद्धार गरिएको छ ।

शनिबार बिहान १० बजे बजेदेखि  सुत्केरी ब्यथा लागेर अवस्था गम्भीर भएकी वर्ष १९ की आयुष्मा भ्लोनको हेली एम्बुलेन्सबाट उद्धार गरिएको खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले जानकारी दिए ।

उनका अनुसार तालढुंगा स्वास्थ्य चौकीमा भर्ना भएपनि प्रसूतिको अवस्था बिग्रंदै गएको र उच्च रक्तचापको कारण सुत्केरी गराउन नसकेकोले हेलिकप्टरबाट उद्धार गरिएको जानकारी दिए ।

भर्ना भएको १८ घण्टासम्म सुत्केरी व्यथा लागेको, औषधी खुवाउँदा पनि आमा र गर्भ शिशुको अवस्थामा समेत समस्या आएको कारण स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसक्ने भएको कारण हेली एम्बुलेन्स मार्फत उद्धार गरिएको तालढुंगा स्वास्थ्य चौकीका अनमी रन्जु कोइरालाले जानकारी दिइन् ।

तालढुंगा स्वास्थ्य चौकीका अनमी रन्जु कोइरालाका अनुसार सुत्केरी व्यथाका कारण भदौ २१ गते बिहान स्वास्थ्य चौकीमा ल्याइएको बिरामीको उच्च रक्तचाप, व्यथा लामो हुनु, गर्भ शिशुमा समस्याका कारण तत्काल अस्पताल पुयाउनुपर्ने अवस्था भएकाले हेली एम्बुलेन्सबाट उद्धार गरिएको हो ।

डाँडापारी क्षेत्रमा कच्चीसडक सञ्जाल मात्रै भएको र अहिले वर्षातका कारण बाटो अवरुद्ध भएर सवारी साधनसमेत चल्न नसकेकाले हेलिकप्टरमार्फत उद्धार गर्नु परेको हो ।

खानीखोला गाउँपालिका गत भाद्र १२ गते बिहीबारबाट मात्र राष्ट्रपति महिला उत्थान कार्यक्रममा समावेश भएको  थियो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले खानीखोला गाउँपालिकालाई कार्यक्रममा सुचीकृत गराउने निर्णय भएको थियो ।

सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फÞत दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हवाई उद्धारसम्बन्धि कार्यविधि–२०७७ अनुसार सञ्चालन गरिरहेको छ ।

२०७७ बाट यो कार्यक्रम सुरु भएपनि खानीखोला समेटिएको थिएन ।

खानीखोला गाउँपालिकामा पहिलो पटक राष्ट्रपति महिला उद्दार कार्यक्रम मार्फत नि:शुल्क हेली एम्बुलेन्स मार्फत गर्भवतीको उद्धार भएको हो भने

काभ्रेपलाञ्चोककै महाभारत गाउँपालिकामा भने अहिलेसम्म १६ जना गर्भवतीको उद्धार भईसकेको छ ।

हेलिकप्टरमार्फत उद्धार मार्फत काठमाडौंस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली पुर्‍याइएको थियो । सुत्केरी भएपनि आमा र बच्चाको आईसियुमा उपचार भइरहेको पालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?