+
+
Shares

सेनाले काठमाडौं र पोखराबाट बरामद गर्‍यो लुटिएका हतियार

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २५ गते ११:३२

२५ भदौ, काठमाडौं । नेपाली सेनाले विभिन्न स्थानबाट हातहतियार बरामद गरेको छ । काठमाडौं र पोखराबाट विभिन्न किसिमका हतियार एवं गोलीगठ्ठा बरामद गरिएको हो ।

सेनाले बुधबार बिहान विज्ञप्ति निकालेर बरामद हतियारबारे जानकारी गराएको हो । काठमाडौंको विभिन्न स्थानहरुबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागजिन एवं गोलीगठ्ठाहरु बरामद गरिएको सूचना जारी गरिएको छ ।

साथै, २३ जना घाइते नेपाल प्रहरी तथा ३ जना गैरसैनिक व्यक्तिहरुको सैनिक अस्पतालहरुमा उपचार भइरहेको सेनाले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?