१९ साउन काठमाडौं । सोमबार १७.४ अंकले घट्दै नेप्से परिसूचक एक हजार ३९.०३ अंकमा झरेको छ । आइतबार पनि नेप्से १० अंकले घटेको थियो । सबै समूहगत सूचकहरु घटेपछि नेप्से रातो रंगले पोतिएको छ ।
सोमबार १ सय ४६ कम्पनीका ७ लाख ९ हजार कित्ता ३८ करोड ३२ लाख रुपैयाँमा ३२ सय पटक किनबेच भयो । विगतका दिनहरुको तुलनामा कारोबार रकम पनि निकै कम हो । पछिल्लो समयमा सामन्यतया नेप्सेमा ६० देखि ८० करोड रुपैयाँको कारोबार हुने गरेको थियो ।
सोमबारको कारोबामा उत्पादनमूल बाहेक सबै समुहगत सूचकहरु घटेका छन् । उत्पानमुलक समूहको सूचक १४.८४ अंकले बढ्यो भने ४३ लाख ७८ हजार रुपैयाँको कारोबार भयो ।
नेप्सेमा दुईतिहाइ हिस्सा रहेको वाणिज्य बैंक समूहको सूचक १९.८२ अंकले घटेको छ । यो दिन वाणिज्य बैंक समूहको २१ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
त्यसैगरी विकास बीमा समूहको ६६.१८ अंकले घट्यो भने ३ करोड ४२ लाख रुपैयाँको कारोबार भयो । विकास बैंक समूहको सूचक १३.८७ अंकले घट्यो भने ५ करोड ५० लाख रुपैयाँको कारोबार भयो । फाइनान्स समूहको सूचक ८.८८ अंकले घट्यो भने १ करोड ७२ लाख रुपैयाँको कारोबार भयो ।
त्यस्तै, जलविद्यूत समूहको सूचक ३२.१६ अंकले घट्यो भने ३ करोड ६९ लाख रुपैयाँको कारोबार भयो । होटल समूहको सूचक ३१.२५ अंकले घट्यो भने ३० लाख रुपैयाँको कारोबार भयो । त्यसैगरी अन्य समूहको सूचक ३.३२ अंकले घट्यो भने ६८ लाख ५८ हजार रुपैयाँको कारोबार भयो ।
प्रतिक्रिया 4