+

फुलकन्ट्याक्ट करातेमा बुढाथोकी निर्विरोध

२०८२ असोज  ५ गते ८:३३ २०८२ असोज ५ गते ८:३३
फुलकन्ट्याक्ट करातेमा बुढाथोकी निर्विरोध

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल फुलकन्ट्याक्ट कराते महासंघको चुनावी साधारण सभाले सूर्यबहादुर बुढाथोकीको अध्यक्षतामा २२ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ।
  • कीर्तिपुरमा भएको साधारण सभाबाट प्रेमबहादुर तामाङ वरिष्ठ उपाध्यक्ष र राजु तुलाधर, धनबहादुर तामाङ, नन्दाकुमार किराती उपाध्यक्षमा चयन भएका छन्।
  • नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले कल्पना आचार्य, रमेश तामाङ र मिनबहादुर शाहीलाई उपाध्यक्षमा मनोनित गरेको छ।

५ असोज, काठमाडौं । नेपाल फुलकन्ट्याक्ट कराते महासंघको चुनावी साधारण सभाले सूर्यबहादुर बुढाथोकीको अध्यक्षतामा २२ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ ।

कीर्तिपुरमा भएको साधारण सभाबाट प्रेमबहादुर तामाङ वरिष्ठ उपाध्यक्ष, राजु तुलाधर, धनबहादुर तामाङ र नन्दाकुमार किराती उपाध्यक्ष, प्रेमनाथ श्रेष्ठ महासचिव, राजीव खडका सचिव र वीरकृष्ण महर्जन कोषाध्यक्षमा चुनिए ।

अमिर ओड, कमला घर्ती, याङशु श्रेष्ठ, जगतबहादुर धामी, पवन मगर, हितबहादुर मोक्तान, अनिल श्रेष्ठ, सूर्यकुमार कार्की, वीरेन्द्र चन्द, विवेककुमार दाहाल, रामहरि खड्का, हर्कबहादुर तामाङ र सागर विष्ट सदस्यमा चयन भए ।

नवनिर्वाचित कार्यसमितिको शनिबारै बसेको पहिलो बैठकले कल्पना आचार्य, रमेश तामाङ र मिनबहादुर शाहीलाई उपाध्यक्षमा मनोनित गरेको छ । त्यस्तै, गौतम शाह र शक्ति जमुना शाहलाई सदस्यमा मनोनयन गरियो ।

नवनिर्वाचित पदाधिकारीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य जगतसिंह धामी, प्रमुख निर्वाचन अधिकृत एवं खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेललगायतले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे । त्यसअघि साधारण सभाको राखेपका सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए ।

नेपाल फुलकन्ट्याक्ट कराते महासंघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय