
१३ असोज, काठमाडौं । मुग्लिन– नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिकै पहिरो खसेर सडक पुन: अवरुद्ध भएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार, मध्यान्ह १२ बजेदेखि सो स्थानमा दुईतर्फी आवागमन बन्द भएको हो ।
अहिले पनि पहिरो झने क्रम जारी रहेकाले सो क्रम रोकिएपछि मात्रै पहिरो हटाउने काम सुचारु हुने कार्यालयले जनाएको छ ।
डिभिजनबाट उपकरणहरू तैनाथ अवस्थामा रहेको पनि कार्यालयले जनाएको छ ।
अघिल्लो सातापनि यही ठाउँमा आएको पहिरो ४५ घण्टा लगाएर पन्छाइएको थियो ।
यो सडकखण्ड हुँदै दशैं मनाउन घर जानेहरू यसपटक तुइनखोलाको पहिरोका कारण समस्यामा परेका छन् ।
पश्चिमतर्फ हिँडेका सवारी साधनहरू अहिले मुग्लिन सडकअण्डमा लामबद्ध हुन थालेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4