+
+
Shares

मानवीय सेवा र सहयोगमा जुट्न रास्वपाको अपिल

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १८ गते ११:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले विपद्को बेला मानवीय सेवा र सहयोगमा जुट्न सबैमा अपिल गरेको छ।
  • पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले वर्षासँगै बाढी, पहिरो, डुबानजस्ता विपद्का घटना बढ्ने बताएका छन्।
  • रास्वपाले घाइतेको उपचार, राहत वितरण र खोज/उद्धारमा स्थानीय सरकारसँग समन्वय गरी सक्रिय हुन सबैलाई आह्वान गरेको छ।

१८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपद्को बेला मानवीय सेवा र सहयोगमा जुट्न सबैमा अपिल गरेको छ ।

पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले एक विज्ञप्ति जारी गर्दै वर्षासँगै बाढी, पहिरो, डुबानजस्ता विपद्का घटना बढ्ने र त्यसबाट जनधनको क्षति हुन सक्ने भएकाले विभिन्न सरकारी निकायहरूले जारी गरेका सूचना अनुसार गर्न/गराउनुहुन सबैलाई अनुरोध गरेका छन् ।

साथै, उनले नदीरखोला तटीय क्षेत्र आसपासका क्षेत्रमा बस्ने र स्थलमार्ग प्रयोग गर्ने सम्पूर्ण यात्रुहरुलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।

विपद्को बेला मानवीय सेवा र सहयोगमा जुट्नु सबैको कर्तव्य भएको उल्लेख गर्दै यही मर्मलाई आत्मसात् गर्दै सम्भावित विपद्का घटनाहरूको न्यूनीकरण, घटनापछिको द्रुत खोज/उद्धारमा जुट्न रास्वपाले अपिल गरेको छ ।

घाइतेको उपचार, प्रभावितको व्यवस्थापन, राहत वितरण र अन्य मानवीय सहयोगका कार्यहरूमा स्थानीय सरकार र प्रशासनसँग समन्वय गरी आफ्नो सीप र दक्षता अनुसार सक्रियतापूर्वक जुट्न रास्वपाले सम्पूर्ण पार्टी पंक्तिलाई द्रूत कार्य समूहसहित पार्टीका सम्पूर्ण तहका समिति, विभाग, सदस्य तथा शुभेच्छुकहरूमा विशेष आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?