+
+
Shares
बक्सअफिस :

बलिदान, हरिबहादुरको जुत्ता, माइतीघरले ८ दिनसम्म कति कमाए ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २२ गते १८:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दशैंको फूलपातीदेखि कोजाग्रत पूर्णिमासम्म चार फिल्मले ८ दिनमा कुल १२ करोड ७३ लाख नेरु ग्रस कमाएका छन्।
  • बलिदानले ३ करोड ७५ लाख ५३ हजार २५१ नेरु कमाएको छ र १ लाख १९ हजार टिकट बिक्री भएका छन्।
  • हरिबहादुरको जुत्ताले ३ करोड २१ लाख ७० हजार १६० नेरु कमाएको र ९० हजार ९४७ टिकट बिक्री भएका छन्।

काठमाडौं । दशैंको फूलपातीदेखि कोजाग्रत पूर्णिमासम्म प्रदर्शनमा आएका ४ फिल्मले नेपालको सिनेपाः बक्सअफिसमा कति कमाए ?

प्रदर्शनरत फिल्म बलिदान, हरिबहादुरको जुत्ता, माइतीघर र कान्तारा २ को ८ दिनको नेपाल कलेक्सन सार्वजनिक भएको छ ।

१३ असोजदेखि २० गते राती ११ बजेर ५५ मिनेटसम्म नेपालका हलमा चलेका फिल्मको कलेक्सन हेर्दा कमाइमा धेरै भिन्नता देखिँदैछन् । तीन फिल्मको कमाइ ३ देखि ४ करोड ग्रसको बीचमा छ ।

‘बलिदान’ले सोही अवधिमा ३ करोड ७५ लाख ५३ हजार २५१ नेरु ग्रस कमाएको छ । यो फिल्मका १ लाख १९ हजार टिकट बिकेका छन् ।

‘हरिबहादुरको जुत्ता’ले ३ करोड २१ लाख ७० हजार १६० नेरु ग्रस कमाएको उल्लेख छ । यसका ९० हजार ९४७ वटा टिकट विक्री भएका छन् ।

‘माइतीघर’ले २ करोड १३ लाख ६४ हजार ६९२ नेरु ग्रस कमाएको छ । यसका ६८ हजार ३२ टिकट बिक्री भएका छन् ।

‘कान्तारा २’ले ३ करोड ६२ लाख ४५ हजार ६ सय ५९ नेरु ग्रस कमाएको छ । सोही अवधिमा यो फिल्मका १ लाख २ हजार टिकट बिकेका छन् ।

८ दिनमा चार फिल्मको कूल कलेक्सन १२ करोड ७३ लाख नेरु ग्रस छ । यसबीच कूल ३ लाख ८१ हजार वटा टिकट बिक्री भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?