
News Summary
Generated by OK AI. Editorially reviewed.- भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले काभ्रेमा बाढीपहिरोले क्षतविक्षत बीपी राजमार्गको मर्मत कार्यको अनुगमन गर्न असोज १७, १८ र १९ गतेको वर्षापछि निरीक्षण गर्नुभएको छ।
- मन्त्री घिसिङले रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाको सिमाना चौकीडाँडाबाट निरीक्षण गरी असोज २४ गते साँझसम्म ट्र्याक खोलिसक्ने गरी कामलाई तीव्रता दिन निर्देशन दिनुभएको छ।
- नमोबुद्धका मेयर कुन्साङ लामा र गाउँपालिकाका अध्यक्षहरूले बाढीपहिरोले बाटो भत्किँदा भोग्नुपरेको कठिनाइबारे मन्त्रीलाई ब्रिफिङ दिएका छन्।
काभ्रे। भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङले बीपी राजमार्ग अवलोकन गरेर काभ्रेबाट फिर्ता भएका छन् ।
बाढीपहिरोले क्षतविक्षत बनाएको सडक र त्यसको मर्मतका लागि भइरहेको कामको अनुगमन गर्न मन्त्री घिसिङ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव र सडक विभागका महानिर्देशकसहित काभ्रे गएका हुन् ।
उनले रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाको सिमाना चौकीडाँडाबाट कामको निरीक्षण गरेर फर्किएका हुन् । निरीक्षणको क्रममा उनले असोज २४ गते साँझसम्म ट्र्याक खोलिसक्ने गरी कामलाई तीव्रता दिन भनेका थिए ।
उनलाई नमोबुद्धका मेयर कुन्साङ लामा र रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा र महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बाढीपहिरोले बाटो भत्किँदा भोग्नुपरेको कठिनाइबारे ब्रिफिङ गरेका थिए ।
यही असोज १७, १८ र १९ गतेको वर्षा र बाढीपहिरोका कारण बीपी राजमार्गका विभिन्न खण्डमा क्षति पुगेर यातायात अवरुद्ध छ । कुनैकुनै ठाउँमा पैदल हिँड्ने समेत बाटो नहुँदा सर्वसाधारणले सास्ती खेपेका छन् । उनीहरु भिरको पहरो समाउँदै जोखिमपूर्ण तरिकाले हिँडेको फोटो भिडियो हालै सार्वजनिक भएको थियो ।
गत असोज १८ र १९ गतेको अविरल वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बीपी राजमार्गको ३ स्थानमा डाइभर्सन बनिसकेको छ ।
प्रतिक्रिया 4