+
+
Shares

नख्खुबाट भागेका जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ

काठमाडौंबाट चौतारातर्फ जाँदै गरेको बा.प्र.००१ ज ३८६ नं को ईभी गाडीमा सवार उनलाई सशस्त्र प्रहरी बल नेपाल नं १५ गण हेक्वाटर पाँचखालबाट खटिएको टोलीले पक्रेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २८ गते १७:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनको क्रममा नख्खुबाट भागेका जबर्जस्ती करणी मुद्दाका कैदी ३५ वर्षीय रविन आचार्य बनेपा-६ बुडोलबाट पक्राउ परेका छन्।
  • उनलाई काठमाडौंबाट चौतारातर्फ जाँदै गरेको बा.प्र.००१ ज ३८६ नं को ईभी गाडीमा सवार अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नं १५ गणले पक्राउ गरेको हो।
  • पक्राउ परेका आचार्यलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलाई बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं १५ गण हेक्वाटर काभ्रेका प्रमुख एसपी माधव रेग्मीले जानकारी दिनुभएको छ।

२८ असोज, काभ्रेपलाञ्चोक। जेनजी आन्दोलनको क्रममा नख्खुबाट भागेका जबर्जस्ती करणी मुद्दाका कैदी सिन्धुपाल्चोकको इन्द्रावती-३ का ३५ वर्षीय रविन आचार्य बनेपा-६ बुडोलबाट पक्राउ परेका छन्।

काठमाडौंबाट चौतारातर्फ जाँदै गरेको बा.प्र.००१ ज ३८६ नं को ईभी गाडीमा सवार उनलाई सशस्त्र प्रहरी बल नेपाल नं १५ गण हेक्वाटर पाँचखालबाट खटिएको टोलीले पक्रेको हो ।

पक्राउ परेका आचार्यलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलाई बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं १५ गण हेक्वाटर काभ्रेका प्रमुख एसपी माधव रेग्मीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?