+
+
Shares

एमाले केन्द्रीय कमिटी बैठक जावलाखेलको प्यार्टी प्यालेसमा, अध्यक्ष ओलीको प्रतिवेदनमा के छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते ६:५९

काठमाडौं । नेकपा एमालेको १० औं केन्द्रीय कमिटी बैठक आजदेखि  ललितपुरमा सुरु हुँदैछ । ललितपुरको जवालाखेल भनिमण्डलस्थित प्यार्टी प्यालेस रामबाघ महलमा बैठक बस्न लागेको हो ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आज बैठकको सुरूमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । सो प्रतिवेदनमा जेनजी युवा आन्दोलन, त्यसको असर र परिणाम, जेनजी आन्दोलनको बलमा गठन भएको अन्तरिम सरकारले आगामी फागुन २१ गते गराउने भनिएको निर्वाचन लगायतका विषय समेटिएका ओली निकट नेताहरुको भनाइ छ ।

अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमा प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै त्यसको पुनर्स्थापनामा जोड दिएका छन् । लोकतन्त्र पुनर्बहाली गर्नलाई प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने ओलीको जोड छ ।

त्यसका लागि लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेका दलहरुसँग सहकार्य र जनपरिचालन गर्नुपर्ने विषयलाई पनि ओलीले प्राथमिकताका साथ उल्लेख गरेको स्रोतले बतायो । प्रतिनिधि सभा पुनर्स्थापनाको मागमा जनता सडकमा आउने उनको विश्वास छ ।

केन्द्रीय कमिटी बैठक ३ दिनसम्म चल्ने एमालेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?