+

यूएईले सामोआलाई हराएपछि नेपाल र ओमान टी-२० विश्वकपमा

२०८२ असोज  २९ गते १९:२७ २०८२ असोज २९ गते १९:२७
यूएईले सामोआलाई हराएपछि नेपाल र ओमान टी-२० विश्वकपमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले आगामी वर्ष भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकप क्रिकेटमा छनोट भएको छ।
  • सुपर सिक्सको खेलमा कतारले जापानलाई र यूएईले सामोआलाई हराएपछि नेपाल र ओमान विश्वकपमा छनोट भएका हुन्।
  • नेपालले सन् २०१४ पछि दोस्रोपटक टी-२० विश्वकप खेल्न पाएको हो र सन् २०२४ को विश्वकपमा समूह चरण पार गर्न नसकेको थियो।

२९ असोज, काठमाडौं । नेपाल आगामी वर्ष भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकप क्रिकेटमा छनोट भएको छ ।

आईसीसी टी२० विश्वकप एसिया-इएफी छनोट अन्तर्गत बुधबार भएको सुपर सिक्सको खेलमा कतारले जापानलाई तथा यूएईले सामोआलाई हराएपछि नेपाल र ओमान एकआपसमा खेल्नुअघि नै विश्वकपमा छनोट भएका हुन् ।

नेपाल र ओमानबीच बुधबार राती हुने खेलको विजेताले टी२० विश्वकपमा स्थान बनाउने समिकरण थियो । तर त्यसअघिका भएका दुवै खेलको नतिजा आफू अनुुकल आएपछि नेपाल र ओमानले सुपर सिक्समा दुई खेल खेल्नुअघि नै विश्वकपको टिकट काटेको हो ।

सुपर सिक्समा नेपाल र ओमानले यसअघि नै लगातार दुई खेल जित्दै समान ६ अंक जोडिसकेको छ । सुपर सिक्समा शीर्ष तीनमा रहने टोली विश्वकप पुग्ने प्रावधान छ ।

नेपालले समूह चरणमा कुवेत र जापानलाई हराएर सुपर सिक्समा पुगेको थियो । सुपर सिक्समा नेपालले यूएई र कतारलाई हराइसकेको छ भने ओमान र सामोअसँग खेल्न बाँकी छ । यस्तै ओमानले पनि कतार र युएईलाई नै पराजित गरिसकेको छ ।

युएईले सामोअलाई हराएपछि ४ अंक जोडेको छ र विश्वकप पुग्ने सम्भावना कायमै राखेको छ । अब सामोहले नेपाल र ओमानसँग दुई खेल खेल्न बाँकी छ । यस्तै युएईले जापानसँग खेल्न बाँकी छ ।

यस्तो अवस्थामा नेपाल र ओमान बाहेक अर्को एक टिमको मात्र ६ अंक पुग्ने समिकरण रहेकोले दुई टोलीको विश्वकपमा स्थान टुङ्गो लागेको हो ।

नेपालले पहिलोपटक सन् २०१४ मा टी-२० विश्वकप खेलेको थियो । त्यसपछि नेपालले दोस्रोपटक विश्वकप खेल्न १० वर्ष कुर्नुपरेको थियो ।

सन् २०२४ को विश्वकप खेलेको नेपालले समूह चरण पार गर्न नसकेपनि दक्षिण अफ्रिकालाई चुनौती दिएर १ रनले पराजित भएपछि विश्व क्रिकेटको ध्यान तानेको थियो ।

आईसीसी टी-२० विश्वकप नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय