+
+
Shares

शिक्षाबाट विज्ञान तथा प्रविधि मन्त्रालय छुट्याउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते १९:२७
फाइल तस्वीर

२९ असोज, काठमाडौं । सरकारले विज्ञान तथा प्रविधि मन्त्रालयलाई शिक्षा मन्त्रालयबाट हटाएर छुट्टै मन्त्रालय बनाउन तयारी गरेको छ ।

शिक्षामन्त्री महावीर पुनका अनुसार यसबारे छलफल सुरु भएको बताए ।

‘विज्ञान तथा प्रविधि मन्त्रालयलाई शिक्षा मन्त्रालयबाट हटाएर छुट्टै मन्त्रालय बनाउने र विज्ञान प्रविधि, नवप्रर्वतन, सूचना प्रविधि, जल तथा मौसम विज्ञान सम्बन्धी कामहरू सोही मन्त्रालय मार्फत गर्न गराउने कुराको फाइदाबारे छलफल सुरु गरियो,’ मन्त्री पुनले फेसबुकमा लेखेका छन् ।

हाल विज्ञान तथा प्रविधि र शिक्षा मन्त्रालय एकै ठाउँमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?