+
+
Shares
बक्सअफिस :

१९ दिनसम्म पनि बलिदान, हरिबहादुरको जुत्ता, माइतीघरको कमाइ ५ करोडभन्दा न्यून

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३ गते ९:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र विकास बोर्डले दशैंको फूलपातीमा रिलिज भएका तीन नेपाली फिल्मले ५ करोडभन्दा कम टिकट बिक्री गरेको तथ्य सार्वजनिक गरेको छ।
  • सन्तोष सेन निर्देशित 'बलिदान'ले ४ करोड ९८ लाख ८६ हजार ८५४ रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
  • दीपेन्द्र के खनाल निर्देशित 'हरिबहादुरको जुत्ता'ले ४ करोड ५७ लाख ११ हजार ३५२ र मिलन तामाङ निर्देशित 'माइतीघर'ले ३ करोड ८८ लाख ५० हजार २३० रुपैयाँ कमाएको छ।

काठमाडौं । दशैंको फूलपातीमा रिलिज भएका ३ नेपाली फिल्मले घरेलु बक्सअफिसमा ५ करोडभन्दा न्यून परिमाणमा टिकट बिक्री गरेका छन् ।

चलचित्र विकास बोर्डले सोमबार बलिदान, हरिबहादुरको जुत्ता र माइतीघरसहित भारतीय फिल्म ‘कान्तारा २’को १९ दिने ग्रस कमाइ सार्वजनिक गरेको छ ।

स्टारकास्ट, हाइप र लगानी हेर्दा दशैंका तीनै फिल्मको कमाइ न्यून हो । ६ करोड रुपैयाँ लगानी दाबी गरिएको सन्तोष सेन निर्देशित ‘बलिदान’ले सोही अवधिमा ४ करोड ९८ लाख ८६ हजार ८५४ रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘हरिबहादुरको जुत्ता’ले ४ करोड ५७ लाख ११ हजार ३५२ रुपैयाँ नेरु ग्रस कमाएको छ ।

मिलन तामाङ निर्देशित ‘माइतीघर’ले ३ करोड ८८ लाख ५० हजार २३० नेरु ग्रस कमाएको छ ।

ऋषभ सेट्टी निर्देशित भारतीय फिल्म ‘कान्तारा : च्याप्टर १’ले अहिलेसम्म १० करोड ४१ लाख नेरु ग्रस कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?